खनारमा ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

खनारमा ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

सुनसरी, जेष्ठ २ गते।

इटहरी-बिराटनगर सडक खण्ड अन्तरगत ईटहरी नगरपालिका १० स्थित खनार ट्रान्सपोर्ट लाईन अगाडी आज बिहान ट्रकले ठक्कर दिएर पैदलयात्रती महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भोजपुर बैकुण्ठे ९ बस्ने ७७ वर्षिया रत्नमाया थापा रहेकी छन।

थापालाई बिहान ०७:३० बजेतिर इटहरीबाट बिराटनगरतर्फ आउदै गरेको ना ४ ख १४८२ नम्बरको ट्रकले ठक्कर दिएको हो।

ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्याल ईटहरीले जनाएको छ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरी चौकी खनारले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्