किराना पसलबाट लागूऔषध बरामद

किराना पसलबाट लागूऔषध बरामद

मोरङ, जेष्ठ ३ गते।

मोरङको गोविन्दपुर गाविसस्थित एक किराना पसलबाट लागुऔषध कोरेक्स बरामद भएको छ।

गोविन्दपुर ८ खुनियाबारीस्थित रेखा कुमारी रहमानी (शर्मा) को पसलबाट १५ बोतल कोरेक्स बरामद भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

प्रहरी चौकी डाइनियाबाट खटिएको गस्ती टोलीले दिउँसो शर्माको पसलबाट लुकाई राखेको अवस्थामा उक्त कोरक्स बरामद भएको उक्त कार्यालयले जनाएको छ।

कोरेक्ससहित पसल संचालिका शर्मालाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्