ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

मोरङ, जेष्ठ ५ गते : मोरङको कोशी-हरैचा ४ स्थित किस्ती पुलमा ट्याक्टरले ठक्कर दिएर एक महिलाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को २ त १८३७ नम्बरको ट्याक्टरले बिहान १०३० बजे ठेलालाई ठक्कर दिंदा अन्दाजी ५५ वर्षिया सुगावती चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

ठेला चालक उनका श्रीमान बिदेशी चौधरी सामान्य घाइते भएकाले स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
ट्याक्टर इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्