किरात समुदायको साकेला उभौली पर्व आज देखी सुरु

किरात समुदायको  साकेला उभौली पर्व आज देखी सुरु

प्रेम देवान,विराटनगर ७ जेठ : प्रकृति र पितृको पूजा गरी आज शनिबार राई, लिम्बु,सुनुवार,याक्खा लगायत किरात समुदायको ठूलो चाड साकेला उभौली पर्व धुमधामका साथ मनाईंदैछ ।
किरात समूदायले अन्नबाली लगाउन सुरु गर्ने तथा लगाएका अन्न बालीमा चराचुरुङ्गी,किरा फट्याग्रा नलागोस भनेर विधीवत रुपमा पुजा पाठ गरी आजको दिनलाई विशेष रुपमा मनाउने गर्दछन् । परम्पराअनुसार लिम्बुले चासोक तगनाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा, सुनुवारले खोल ष्यादर र राईले उभौली साकेला भनेर आज संयुक्त रुपमा मनाउने गरिन्छ । किरात समुदायकोे मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाईन्छ ।
पर्वको अबसरमा आज विराटनगर १५ मा रहेको साकेला थानमा सबै किरात समुदायका सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर चण्डी नाच्ने गर्दछन् । विश्वमा परम्परादेखि मान्दै आएका सबै प्रकारका चार्ड पर्वहरु आरम्भमा निश्चित समुदाय वा जातिले मान्ने गरेको इतिहास भएपनि चार्डपर्वहरु समाज विकासको दृष्टिकोणले एकपछि अर्को समुदायमा पनि फैलदै जाने गरेको नेपाल आदिवासी जनजाती महासंघ मोरङका अध्यक्ष मिलनकुमार राइको भनाइृ छ ।
जसरी नेपालमा गणतन्त्रपछि छठ पर्वको प्रभाव गैह्रतराई मधेसी समुदायमा पनि फैलिदै गएको र अन्यले पनि आत्मसाथ गर्दै गएको पाइन्छ किरात वंशको पर्व चासोक तङ्नाम लगायत अन्य जनजातीहरुको चार्डवाडको सवालमा पनि यो सान्दर्भिक हुदै गएको बताउनुहुन्छ किरात राई यायोख्खा नगर परिषद्का अध्यक्ष मोहन राई ।
किरातहरु कै अर्को शाखा याक्खा जातिहरुले चासुवा पर्व मनाउने क्रममा याक्खाहरु एक ठाउमा भेला भई केवलाक,चावकलाक गर्ने,विभिन्न जातिय संस्कृति झल्कने प्रतियोगिताहरु आयोजना गर्ने,नाचगान गर्ने,शुभकामना आदानप्रदान गर्ने चलन रहेको बताउनुहुन्छ किरा“त याक्खा छुम्मा नगर अध्यक्ष भुपेन्द्र देवान । यसैबीच उधौली पर्वको अवसरमा आज साकेला थान विराटनगरमा एउटा छुटै किसिमको मेला नै लाग्ने गर्छ ।

साथै आज नै २५ सय ६० औं बुद्धजयन्ती परेको हुनाले विराटनगगरमा विशेष कार्यक्रम गरिदै छ । हाटखोला सिघीयामा रहेको शान्ती स्तुपा ज्याङ्छु छोर्तेन बुद्धको मठ मन्दिर परिक्रमा वरीपरी सरसफाइ र रङरोगनकासाथ झकिझकाउ बनाइएको नेपाल तमाङ्ग घेदुङ्ग सघ नगर अध्यक्ष धु्रब तामाङ्गले जानकारी दिनुभयो । साथै आज लामा भिक्षुहरुद्धारा विशेष पुजापाठ पनि गरिने अध्यक्ष तामाङ्गले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्