किरातधर्मालम्वीहरुको उभौली सुरु

किरातधर्मालम्वीहरुको उभौली सुरु

प्रेम देवान,विराटनगर ९ जेठ : प्रकृति र पितृको पूजा गरी शनिबार देखी किरात धर्मालम्वीहरुले किरात समुदायको ठूलो चाड साकेला उभौली पर्व धुमधामका साथ मनाउन सुरु गरेका छन् ।DSC_1018
किरात समूदायले अन्नबाली लगाउन सुरु गर्ने तथा लगाएका अन्न बालीमा चराचुरुङ्गी,किरा फट्याग्रा नलागोस भनेर विधीवत रुपमा पुजा पाठ गरी शनिबार देखी एक महिनाको दिनलाई विशेष रुपमा मनाउने गर्दछन् । परम्पराअनुसार लिम्बुले चासोक तगनाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा, सुनुवारले खोल ष्यादर र राईले उभौली साकेला भनेर शनिबार देखी संयुक्त रुपमा मनाउने गरिन्छ ।
किरात समुदायकोे मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन वर्षमा दुई पल्ट मनाउने गरिन्छ ।

DSC_1055पर्वको अबसरमा शनिबार विराटनगर १५ मा रहेको साकेला थानमा किरात राई यायोक्खा नगर कार्य समिती विराटनगरले उभौलीको अबसरमा एक कार्यक्रम आयोजना गरी भवन निर्माणको लागी चन्दा संकलन पनि गरेको छ ।
किरात राई यायोक्खा नगर कार्य समिती भवनको सकेला थानमा बन्न लागेको जानकारी दिदै नगर कार्य समितीका अध्यक्ष मोहन राईले सबै जातीय सस्थालाई तन मन र धनले आर्थिक रुपमा सहयोग गर्न आग्रह गरे । शनिबार नै करिब अडाई लाख जती आर्थिक रमक संकलन भएको नगर सचिव ईन्द्र राईले जनाकारी दिए । कार्यक्रममा नेपाल आदिवासी जनजाती महांसघ मोरङ्ग अध्यक्ष मिलन कुमार राई, नेपाल आदिवासी जनजाती महांसघ नगर समन्वय परिष्मद विराटगरका अध्यक्ष सुरेस सिह गनगाई, उपाध्यक्ष जय कुमार श्रेष्ठ, किरात राई यायोक्खा जिल्ला कार्य सिमिती मोरङ्गकी सदस्य रेवती राई ,किरात याक्थुङ चुम्लुङ का सल्लाकार दिल बहादुर थेवे लगायतले सबै किरातीहरु सबै एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्