चटपटे बेचेरै चेलीहरुले गरे बृद्धाश्रमलाई सहयोग

चटपटे बेचेरै चेलीहरुले गरे बृद्धाश्रमलाई सहयोग

नरेन्द्र बस्नेत
बेलबारी । पछिल्लो पुस्ता मै खाँऊ,मै लाँऊ,मै सुखसुबिधा उपयोग गरौँ भन्ने मान्यतामा भौतारिरहेको अबस्थामा महिलाहरुको एउटा समुह भने सामाजिक सञ्जालमा ग्रुप बनाएरै भएपनि देशका बिभिन्न ठाँउमा चटपटे र पानीपुरी बेचेर अशत्तहरुलाई सहयोग गर्न तल्लिन रहेका छन । ओमेन्स रुम रिलोडेड WRR महिलाहरुको समुह नाम दिईएको सो समुहमा अहिले देश तथा बिदेशमा गरी ९ हजार बढी सदस्यहरु रहेका छन । देशका करिब ५० वटा बढी जिल्लामा रहेका उनीहरुले बिभिन्न कार्यक्रमहरु गरी अशत्तहरुलाई सहयोग गर्दै आएका छन । मोरङ जिल्लामा मात्र यसका २ वटा समुहहरु रहेका छन । एउटा समुह बिराटनगरमा कियाशिल रहेको छ भने एउटा समुह गछिया पुर्ब उर्लाबारी पश्चिमको क्षेत्रमा क्रियाशिल रहेको छ ।

बिराटनगर बाहिर रहेको समुहले एक साता अघि मोरङका बिभिन्न बजारहरुमा गएर चटपटे र पानीपुरी बेचेर जम्मा गरेको रुपैयाबाट बुद्धजयन्तीका अबसरमा सुनसरीको पकलीमा रहेको रामजानकी शान्ति बृद्धाश्रममा रहेका ६ जना बृद्धबृद्धाहरुलाई औषधी,लत्ताकपडा र फलफुल बितरण गरेको सोही अभियानकी अभियन्ता मनिला सुबेदीले जानकारी दिईन ।
चटपटे र पानीपुरी बेचेर संकलित रकम बाट २५ हजार बराबरको सहयोग सो बृद्धाश्रमलाई गरेको र बाँकी रकमले अन्य सामाजिक कामहरु गर्ने उनले बताईन । यसअघि पनि क्यान्सर रोगबाट पिडित एकजना बालकलाई सहयोग गरिसकेको र फेरीपनि झापाका एक जना बालकलार्य सहयोग गर्न लागिएको उनले जानकारी दिएकी छिन ।
कुनैपनि काम गर्न सरकारको मुख नै ताक्नुपर्ने अबस्था नरहेको र गर्न चहाँदा सबै कुरा हामी आफैबाट सम्भब छ भन्ने कुरा प्रमाणित गर्न पनि आफुहरुले यो अभियान सञ्चालन गरिरहेको अर्की अभियन्ता समिक्षा ढकालले बताईन । सो समुहमा १६ बर्षभन्दा माथिका युवतीहरु आबद्ध रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्