धरान भेट्रान क्लबको जित

धरान भेट्रान क्लबको जित

विजय धिमाल
राजघाट ९ जेष्ठ
मोरङको राजघाट स्थित गत जेष्ठ २ गते देखि जारी प्रथम राजघाट भेट्रान कपको उपाधि उर्लाबारी युनाइटेड भेट्रान क्लबलाई हराउदै धरान भेट्रान क्लवले विजयी भएको छ ।
राजघाट भेट्रान फुटवल क्लवको आयोजनामा स्थानीय दुर्गापुरी खेल मैदानमा आईतबार सम्पन्न फाईनलमा उर्लाबारी युनाइटेड भेट्रान क्लबलाई सडनडेथमा ६(५ गोल अन्तरले स्तब्ध पार्दै धरानले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै धरानले नगद ५० हजार ५ सय ५५ रुपैंयाँ र ट्रफि प्रमाणपत्र हात पारेको छ । उपबिजेता उर्लाबारी युनाइटेडले २५ हजार ५ सय ५५ रुपैंया नगद र ट्रफि प्रमाणपत्रमा चित्त बुझाएको छ । सडनडेथमा धरानका गोल रक्षक कुमार शाक्यले तेजु राईको प्रहार बचाउ गरेपछि धरानको जित सम्भव भएको हो ।
टाइब्रेकरमा उर्लाबारीका दीपक गुरुङ, सुरेन्द्र तामाङ, सचिन्द्र धिमाल र सन्जिब बुढाथोकीको प्रहार गोलमा परिणत भएको थियो भने धरानका तर्फबाट अर्जुन राई, अशोक लिम्बू, सुमन केसी र मनिष तामाङले गोल गरेका थिए ।टाइब्रेकरमा उर्लाबारीका गोपाल बुढाथोकीको प्रहार धरानका गोल रक्षक कुमार शाक्यले बचाएका थिए भने धरानका गणेश लिम्बूले आउट प्रहार गरेका थिए । त्यसपछि भएको सडनडेथमा उर्लाबारीका तर्फबाट रुद्र खड्काले गोल गरे भने धरानका लक्ष्मण थापा र कमल गिरीले गोल गरे । यसअघि निर्धा्रित ६० मिनेटको खेलमा १५ औं मिनेटमा सुरेन्द्र तामाङको फ्रिकिकलाई सदुपयोग उर्लाबारीका सन्जय योङहाङले गोल गर्दै उर्लाबारीलाई अग्रता दिलाएका थिए । पूवार्धमा १–० ले अघि रहेको उर्लाबारीबिरुद्ध खेलको ४० औं मिनेटमा धरानका गणेश लिम्बूले उत्कृष्ठ गोल गर्दै टिमलाई १–१ को बराबरीमा र्पुयाएका थिए ।
निर्धा्रित समयमा खेलको अन्तिम निर्णय नभएपछि खेल टाईब्रेकर हुँदै सडन डेथमा पुगेको हो । फाईनल खेलको म्यान अफ द म्याच उर्लावारीका बिमल गुरुङ भए। गुरुङलाई नगद १५ सय रूपैयासहित ट्रफि प्रदान गरियो । यस्तै खेल अवधिमा सर्वा्धिक गोलकर्ता धरानका मनिष तामाङलाई नगद रु २ हजार रुपैंया सहित ट्रफिले सम्मान गरियो । म्यान द सिरीज धरानका गणेश लिम्बू घोषित गर्दै लिम्बूलाई नगद रु ५ हजार रुपैंया र ट्रफि प्रदान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्