दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा दुई घाइते

दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा दुई घाइते

संखुवासभा, जेष्ठ ११ : संखुवासभाको चैनपुरमा सोमबार दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा दुई जना घाइते भएका छन।

चैनपुर ११ स्थित भण्डारी मोडमा राती १९३० बजेतिर चैनपुरबाट खाँदबारी बजारतर्फ आउदै गरेको को १५ प ७२६६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जादै गरेको को २३ प ५३२५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा को १५ प ७२६६ नम्बरको मोटरसाइकलका चालक चैनपुर १८ बस्ने २० वर्षिय तारामणी दाहाल र पछाडी सवार सोही ठाउँ बस्ने सबिन रायमाझी सामान्य घाइते भएकाले उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याइएको छ। अर्को मोटरसाइकलका चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्