झापामा बिधुत सर्ट भई घरमा आगलागी, दश लाख बराबरको क्षति

झापामा बिधुत सर्ट भई घरमा आगलागी, दश लाख बराबरको क्षति

झापा, जेष्ठ १२

झापाको मेचीनगर नगरपालिका ११ स्थित केदार ढकालको घरमा मंगलबार राती आगलागी हुँदा दश लाख बराबरको क्षति भएको छ।

राती करिब १ बजे उनको घरमा बिधुत लाईन सर्ट भई अचानक आगलागी भएको थियो। आगलागीबाट ढकालको घरभित्र रहेको नगद एक लाख बिस हजार, आठ तोला सुन, मोवाइल फोन, ल्यापटप र मे ५ प ५६० नम्बरको स्कुटरसमेत जल्दा अन्दाजी दश लाख बराबरको क्षति भएको पिडितले बताए।

आगलागी राती ०१:३० बजेतिर दमकल र स्थानीय प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्