जंगली च्याउ खाँदा ईलाममा एकै परिवार तीन सिकिस्त

जंगली च्याउ खाँदा ईलाममा एकै परिवार तीन सिकिस्त

ईलाम, जेष्ठ १४ गते।

ईलामको दानाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना सिकिस्त भएका छन्।

जंगलबाट ल्याएको च्याउ बिहिबार सांझको खानामा पकाएर खाँदा दानाबारी १ चेप्टी बस्ने टेकेन्द्र राईको २४ वर्षिया पत्नी अन्जली राई, उनका १० वर्षका छोरा रोहित राई र ८ वर्षका अर्का छोरा रोजन राई बिरामी परेका हुन।

तीनैजनालाई उपचारकालागी लाईफलाईन अस्पताल दमक ल्याइए प्रहरी चौकी दानाबारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्