सुनसरीको विपत् व्यवस्थापन टोली हाई अलर्टमा

<span class='c1'>सुनसरीको विपत् व्यवस्थापन</span> <span class='c2'>टोली हाई अलर्टमा</span>

पकली जेठ २० / सुनसरीको पकलीस्थित पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल बराह वाहिनीले वर्षायाममा आउने बाढी तथा भूकम्पीय जोखिमबाट सर्वसाधारणलाई जोगाउने उद्देश्यले विपत् व्यवस्थापन टोलीलाई हाई अलर्टमा राख्ने भएको छ । सशस्त्र प्रहरीले बाढी तथा भूकम्पबाट उद्धार गर्न अनुभवी र तालिमप्राप्त विशेष टोलीलाई हाई अलर्टमा राखेको जनाएको हो ।
नदीमा पानीको बहाव बढ्नासाथ नजिकका बासिन्दालाई बगाउने लगायतका समस्यामा उद्धार गर्न विशेष टोलीलाई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरी बल वराह वाहिनीका डिआईजी सुरजकुमार श्रेष्ठले बताए । वर्षायाममा हुने सम्भावित खतराहरुलाई मध्यनजर गरी विपत् व्यवस्थापन टिम तयार गरेको उनले जनाए । तामिलप्राप्त ४६ जनाको टोलीलाई तयारी अवस्थामा राखेर घटना भएको स्थलमा पठाइने डिआईजी श्रेष्ठको भनाइ थियो ।
वर्षायाममा जलउत्पन्न प्रकोपबाट बँच्ने उपायका बारेमा सशस्त्रको पूक्षेप्रका वराह वाहिनीमा विपत् व्यवस्थापन बारेमा पूर्वका उच्च सुरक्षा अधिकारीहरुलाई बोलाएर बँचाउने उपाय र सशस्त्र प्रहरीसँग भएका स्रोत–साधनहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा तालिमप्राप्त टोलीले प्रदर्शन समेत गरेको थियो । वर्षायाम लागेपछि पूर्वका नदीमा पानीको बहाव बढ्दा मानवीय क्षती हुने गरेपछि त्यसबारे बँच्ने उपायका बारेमा सशस्त्र प्रहरीको टोलीले प्रदर्शन गरेको हो । वर्षेनि पूर्वी तराईका जिल्लामा एकपछि अर्को नदी, पोखरी लगायतबाट मानवीय क्षती हुने क्रम बढ्दो छ । तर, उद्धारका लागि स्रोत–साधनसम्पन्न सशस्त्र प्रहरीलाई समयमै जानकारी नहुँदा क्षती बढी हुने गरेको श्रेष्ठले बताए ।
अघिल्लो वर्ष बैशाख १२ गतेको महाभूकम्पमा मानवीय उद्धारमा ठूलो भूमिका निर्वाह गरेको सशस्त्र प्रहरीले भूकम्पबाट बँच्ने उपायबारे पनि प्रदर्शन गरेको थियो । भूकम्पबाट पीडित भएकालाई सफलतापूर्वक उद्दार गर्न सकिने उपायबारे प्रदर्शनी देखाइएको थियो । सशस्त्रले पानीमुनिनै अक्सिजन सहितको वाकिटकी लगेर हराएको मानिस खोज्नसक्ने समेत जनाएको छ । विभिन्न यन्त्रसहित पानीमुनि पसेर खोज्न र बोल्न सक्ने प्रविधि पनि प्रदर्शन गरिएको थियो । जलउत्पन्न प्रकोपका आधारमा नेपाल विश्वको ३० औं स्थानमा पर्छ ।
कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय प्रशासक रामकुमार आचार्यले सुरक्षाकर्मीले विपत्का बेला निर्वाह गरेको कार्यको प्रशंसा गरे । उनले विपतका सामग्रीहरु हेर्दै विपत्को बेला तत्काल उद्धारमा लाग्न निर्देशन समेत दिए । आचार्यले सुरक्षाकर्मीले विपत्का बेला प्रविधिको दुरुपयोग गरिरहेको आरोप समेत लगाए । उनले अहिलेका सुरक्षाकर्मीले आपत्विपत्मा उद्धारभन्दा पनि तस्विर खिच्ने गरेको भन्दै त्यस्तो नगर्न निर्देशन दिए ।
कार्यक्रममा पूर्व क्षेत्रीय प्रहरी कार्यालयका डिआईजी केशरीराज घिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागार्इं लगायत उच्च सुरक्षा अधिकारीहरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्