अपाङ्ग महिलालाई बलात्कार गर्ने पक्राउ

अपाङ्ग महिलालाई बलात्कार गर्ने पक्राउ

धरान  जेठ २१ , 

धरान–२३ की अपाङ्ग महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
बोल्न नसक्ने ४५ वर्षीया महिलालाई जेठ १४ गते राति जबर्जस्ती करणी गरेको अभियोगमा इलाम चुलाचुली घर भई हाल धरान–२३ बस्ने जङ्गबहादुर लिम्बू पक्राउ परेका हुन् ।

घरमा कोही नभएको मौका छोपेर लिम्बूले करणी गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । लिम्बूले मादकपदार्थ खाएको बेला जबर्जस्ती गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।
उनलाई जबर्जस्ती करणी महलअनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको छ । शारीरिक अपाङ्गता भएका महिलालाई करणी गरेमा मुलुकी ऐन २०२० को जबर्जस्ती करणी महलअनुसार थप ५ वर्ष सजाय हुने व्यवस्था छ । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी खतिवडाले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्