बेलबारीलाई हरितनगरी बनाउन सामुहिक प्रतिबद्धता

<span class='c1'>बेलबारीलाई हरितनगरी बनाउन</span> <span class='c2'>सामुहिक प्रतिबद्धता</span>

उत्तम पोख्रेल बेलबारी । मोरङको बेलबारीमा रहेका ७ बटा सामुदायिक बन समुहहरुले ७ हजार बिरुवा रोप्ने उदघोष गरेका छन ।
बिश्व बताबरण दिवसको अवसर पारेर आईतबार बेतना सिमसार सामुदायिक बनमा बेलबारी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सामुदायिक बनका अध्यक्षहरुले सामुहिक प्रतिबद्धता समेत जनाएका छन ।
यस नगरपालिकामा रहेका बाघदेबी,रमिते, वेतना,अमना,नक्सल, देबिथान लगायतका सामुदायिक बन उपभोत्ता समुहका अध्यक्षहरुले सामुहिक प्रतिबद्धता जनाउदै एक आर्थिक वर्ष भित्रमा ७ हजार बिरुवा रोप्ने जनाएका छन । बेलबारी नगरपालिकाले सञ्चालन गरेको “मर्दा पनि बिरुवा रोपौँ जन्मिदा पनि बिरुवा रोपौ” भन्ने अभियानलाई तिब्रता दिएपछि सामुदायिक बनहरुले यस किसिमको सामुहिक प्रतिबद्धता जाहेर गरेका हुन ।


दिबसका अबसरमा बेतना सिमसार क्षेत्रमा बिरुवा समेत रोपिएको छ । सोही अभियानलाई सघाऊन र बेलबारीलाई हरियाली नगरका रुपमा बिकास गर्ने लक्ष्यका साथ सामुदायिक बनहरुले प्रत्येक बर्ष एक बन १ हजार बिरुवाको अबधारण अघि सारेका छन । खाली देखीएका ब्यत्तिका जग्गामा समेत अब बिरुवा रोप्नका लागी पहल गरिने कार्यक्रममा अमना सिसौली सामुदायिक बनका अध्यक्ष लिला आचार्यले बताए । यो अभियानको शुरु मात्र भएकोले यसलाई निरन्तरता दिँदै जाने बेतना सिमसार सामुदायिक बनका अध्यक्ष डम्बर बस्नेतले बताए ।
बेलबारीलाई हरित नगरी बनाऊने कार्य शुरु भईसकेको र केही समयमा नै यो एउटा नमुना नगरपालिकाको रुपमा परिचित बन्ने बेलबारी नगरपालिकाको कार्यकारी अधिकृत होम प्रसाद पौडेलले बताए । हरित नगरी नगरपालिकाको रुपमा बेलबारीलाई चिनाउने लक्ष्यका साथ हरितनगरी घोषणा गरेपछि राजनीतिक दलले समेत यो अभियानलाई सहयोग गरेका छन ।
कंक्रिट चिहान बनाउन नपाउने निति ल्याए सँगै बन संरक्षणमा सबैको ध्यान जान थालेको छ । कंक्रिट चिहान बनाउनुको सट्टा ५वटा बिरुवा अनिबार्य रुपमा रोप्न दोस्रो बार्षिकोत्सबको अबसरमा नगरपालीकाले घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्