खुल्ला दिसामुक्त गाविस घोषणा गर्न तछाड मछाड

खुल्ला दिसामुक्त गाविस घोषणा गर्न तछाड मछाड

विराटनगर, जेष्ठ २४
मोरङका धेरै गाविस खुल्ला दिसामुक्त गाविस घोषणा गर्न तछाड मछाड गर्दै अघि बढेका छन् । त्यसको प्रभावकारीता भन्दापनि खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने लहरमा गाविसहरु तिब्र देखिएका छन् ।
मोरङको पहाडी गाविस रमितेखोला खुल्लादिसा मुक्त घोषणा भएको एक हप्ता हुँदै मोरङको डंग्रहा गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको छ । डंग्राहामा एक कार्यक्रमको आयोजना गरी गाबिसका सबैले शौचालय निर्माण गरेपछि खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको हो ।
खुल्ला दिशामुक्त घोषणा गर्दै जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङका प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले यो सहित खुल्ला दिसामुक्त गाविस घोषणा हुनेमा १६ औ गाविसको रुपमा रहेको जानकारी दिनुभयो । यो अघि मोरङको दुर्गम भनेर चिनिएको रमितेखोलालाई यही जेष्ठ १६ गते खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको भएपनि त्यो पछि डंग्राहा गाबिस १६ औ गाविसको रुपमा खुल्ला दिसामुक्त गाबिसको रुपमा स्थापीत भएको जानकारी दिनुभयो ।
एक हजार ३ सय ४ जना घर धुरी रहेको डंग्राहामा पाँच वर्षअघिदेखी गाविसलाई खुल्ला दिशामुक्त घोषणा गर्न पानी वातावरण र जीवन संस्था (वेल)ले काम गर्दै आएको थियो । काम शुरु गरेको समयमा कसैको पनि घरमका शौचालय नभएको अबस्थामा यो स्थानसम्म ल्याउन निक्क्ै मेहनत गर्नु परेको डंग्राहा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष अशोक रिजालले जानकारी दिनुभयो । उहाँले सबैको साथ सहयोगले खुल्ला दिशामुक्त गाविस घोषणा गर्न सफल भएको बताउनुभयो ।
यसैबिच मोरङको थलाहा गाबिस पनि मंगलवार खुल्ला दिसामुक्त गाविस हुने भएको छ । जिल्ला स्वच्छता समन्वय समितिले गाबिसलाई खुल्ला दिसामुक्त गाबिस घोषणा गर्न सकिने जनाएपछि गाबिस खुल्ला दिसामुक्त घोषणा हुन लागेको वेलका निर्देशक सरद पराजुलीले जानकारी दिनुभयो ।
हात्तिमुडामा बालबालिकाको सिटी अभियान ः
छिमेकी गाविसहरु खुल्ला दिसामुक्त घोषणा भएपछि हात्तिमुडा गाविस पनि तातेको छ । जेष्ठ मसान्त भित्र गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने कामलाई तिब्रता दिएको गाविसले जनाएको छ । कार्यालयले गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्नको लागि ४० जना बिद्यार्थीलाई सिठी बजाउने अभियानमा सहभागि गराएको हो । कार्यालयको अभियानलाई स्थानीयले बेवास्ता गरेपछि बालबालिका र स्थानीय शौचालय भएका ब्यक्तीहरुको सक्रियता बढाएको छ । घरमा बनाईएको शौचालय प्रयोग नगर्ने अनी बाहिरी खोला किनार वा बाँसघारीमा शौचालय गर्न जानेहरुको संख्या धेरै भएपछि त्यसलाई ब्यवस्थीत गराउनको लागि बालबालिकालाई सिठी अभियान शुरु गरिएको गाविस सचिव हरिप्रसाद उप्रेतीले जानकारी दिनुभयो । हात्तिमुडा गाविसको वडा नम्बर ७,८ र ९ मा केही घरहरुमा शौचालय निर्माण गर्न बाँकी रहेको भएपनि हाल सम्ममा करिब दुई हजार घर परिवारले शौचालय निर्माण गरेर प्रयोग गरिरहेको गाविस सचिव उप्रेतीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्