जननेता मदन भण्डारीको स्मृतिमा मेची अञ्चलको छनौट खेल सुरु

जननेता मदन भण्डारीको स्मृतिमा मेची अञ्चलको छनौट खेल सुरु

विराटनगर, २४ जेठ : जननेता मदन भण्डारीको स्मृति तथा पर्वतारोही पाशाङ ल्हामु शेर्पाको स्मृतिमा एक नम्बर प्रदेश स्तरीय मेची अञ्चलको पुरुष तथा महिला लिग नकआउट भलिबल प्रतियोगिताको छनौट चरणको खल सोमबारबाट सुरु भएको छ ।

मदन भण्डारी स्पोर्टस एकेड्ेमीको आयोजना भएको प्रतियोगिताको मेची अञ्चलको छनौट खेल झापाको गौरदह खेल मैदानमा सुरु भएको हो ।

छनौट चरणको महिला तर्फको खेलमा झापा र इलाम अन्तिम चरणमा प्रवेश गरेको छ । झापाले इलामलाई २५–७, २५– २ सेटको अन्तरले पराजित गरी झापा अन्तिम चरणमा प्रवेश गरेको हो । इलामले ताप्जेजुङको महिला टिम नआएपछि वाक ओभरको खेलबाट अन्तिम चरणमा प्रवेश गरेको थियो ।
पुरुषतर्फ ताप्जेजुङ अन्तिम चारणमा प्रवेश गरेको छ । ताप्जेजुङले झापा, पाचथर र इलालमलाई हराएको हो । ताप्जेजुङले पाचथरलाई २५–२०, २५– १३ को सेटले हरायो । त्यस्तै झापालाई १८ –२५, २५–१८, २७–२५ को सेटले हरायो ।

प्रतियोगिताको भोली मंगलबारको खेल पुरुषतर्फ पाचथर र इलाम,ताप्लेजुङ र इलाम, पाचथर र झापा विच हुने छ ।

मेची अञ्चलको छनौट चरणको खेलमा ४ जना पुरुष टिम र २ जना महिला टिमको सहभागीता रहेको मदन भण्डारी स्पोटर्स क्लबका अध्यक्ष सागर थापाले जानकारी दिनुभयो ।

सगरमाथामा हुने छनौट चरणको खेल भने आगमी असार १ र २ गते उदयपुरमा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्