विराटनगरकाे ब्लड बैंक खाली: बि नेगेटिभकाे एक युनिट बाहेक अरू रगत छैन

विराटनगरकाे ब्लड बैंक खाली: बि नेगेटिभकाे एक युनिट बाहेक अरू रगत छैन

विराटनगर स्थित क्षेत्रिय रक्तसंचार केन्द्रमा विगत १५ दिन यता रगत अभाव देखिएकाे छ । हाल बि नेगेटिभकाे एक युनिट बाहेक अरू रगत नभएकाे केन्द्रका इन्चार्ज शिवानन्द यादवले बताउनु भयाे । उहाँले रक्तदानकाे पहलकाे लागि विभिन्न संघसंस्थाहरूमा पत्र पठाइसकेकाे जनाउनु भयाे । उहाँले त्यसकाे उत्तर कतैबाट नअाइसकेकाे बताउनु भयाे ।
गत १ गते यता एप्लाइड कलेजमा लायन्स क्लब अफ युनाइटेले गरेकाे रक्तदान कार्यक्रम बाहेक अरू कार्यक्रम भएकाे छैन । त्यस कार्यक्रमबाट २० युनिट रगत संकलन भएकाे थियाे । यसै गिर याे सनिवार स्थानिय बबाेसा मन्दिरमा रक्तदान हुने तय भएकाे छ ।
हालकाे अवस्थामा बिरामीहरूबाटै सट्टामा रगत लिएर अभाव टार्ने कार्य भइरहेकाे युथ फर ब्लडका अभियन्ता हिमाल सापकाेटाले जानकारी दिनु भयाे । उहाँले अत्याधिक मात्रामा रगत अावश्यक्ताका फाेनहरू अाइरहेकाले सबैलाइ रक्तदान गर्न अाह्वान गर्नु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्