परिवार नियोजनका सेवाहरु दुर्गम क्षेत्रमा पनि विस्तार गरिने

परिवार नियोजनका सेवाहरु दुर्गम क्षेत्रमा पनि विस्तार गरिने

विराटनगर, १८ भदौ । अस्ट्रेलियन राजदुत गेलेन ह्वाईटले सुरक्षित गर्भपतन र परिवार नियोजनका सेवाहरु देशका दुर्गम क्षेत्रहरुमा समेत विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

अस्ट्रेलियन अनुदानमा मेरी स्टोप्सले सञ्चालन गर्दै आएको सुरक्षित गर्भपतन र परिवार नियोजनका सेवाहरुको अवलोकन शुक्रबार विराटनगर आइर््पुग्नु भएका ह्वाईटले सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै सुरक्षित गर्भपतनको बिषयमा पर्याप्त जानकारी नभएकाले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धि सेवाहरु अझ विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले ती सेवाहरुको बिस्तारका लागि अस्ट्रेलियन सरकारको सदासयता रहने र नेपाल सरकारसहित सरोकारवालाको पहलमा आवश्यक ठाउँहरुमा सेवा विस्तार हुने बिषयमा आफु विश्वस्त रहेको बताउनुभयो । उहाँले अस्ट्रेलियन सहयोगमा मेरी स्टोप्सले सञ्चालन गरिरहेको परिवार नियोजन सम्बन्धि सेवाहरुले सकारात्मक परिणाम दिइरहेकाले त्यसलाई निरन्तरता दिइने बताउनुभयो । यस्तै मेरी स्टोप्सकी युथ प्रोजेक्ट म्यानेजर निलिमा राउतले सन् २००५ देखि २०१६ सम्म ४२ हजार ८ सय ७८ जनालाई परिवार नियोजन सम्बन्धि र १९ हजार ४० जनालाई सुरक्षित गर्भपतन सम्बन्धि सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्