दशैँ-तिहारमा बिराटनगरमा छुटाउन नहुने कुराहरु

दशैँ-तिहारमा बिराटनगरमा छुटाउन नहुने कुराहरु

नेपालीहरुको महान चाड दशैँ र तिहार हाम्रो घर आगनमा आइसकेको छ । बिराटनगरबाट टाढाटाढा भएका मानिसहरु पनि दशैँ तिहार मान्नको लागि बिराटनगर आउने गर्दछन , बिराटनगरआइसकेपछि यहाँ घुम्ने र यस्तो चाडबाडको बेला छुटाउने नहुने केहि बिषेश ठाउँ र अवसरहरु छन् , यसबारेमा चर्चा गरौ :

 

बिराटनगरको नौरथा :

बिराटनगरको मेन रोडमा रहेको काली मन्दिरमा हरेक वर्ष नौरथा मेला लाग्ने गर्दछ । यो बेला काली मन्दिरको दर्शन गर्न बालबच्चा देखि बूढा सम्मको भिड नौरथामा देखिन्छ । अहिले त भक्तजन भन्दा पनि रमाइलोको लागि नौरथा जाने चलन सुरु भएको छ बिषेश गरि युवा पुस्तामा । बिहानै ४बजे उठेर दशैँको नया लुगा लगाएर साथीभाई संग नौरथा घुम्नुको मज्जा नै बेग्लै हुन्छ । भक्तजनको लामो लाइन , सडकको कुनामा बेच्न राखिएका बेलुन , खेलौना , खानाका बिभिन्न परिकारको मज्जा अझ बेग्लै छ। घटस्थापनाको दिन देखि दशमीको दिन सम्म यहाँ मेला जस्तै माहोल हुने गर्दछ ।

img_9926

 

विराटनगरमा तिहारको रौनक :

विराटनगरमा तिहार पर्व पनि निकै रमाइलो हुने गर्छ । हामीले बिराटनगरका विभिन्न कलाकारहरुले पनि बिराटनगरको तिहारको गुणगान गाएको सुनेको छौ होला । साच्चै बिराटनगरमा तिहार ज्यादै रमाइलो हुने गर्दछ । अझ लक्ष्मीपुजाको दिन बिराटनगरको मेनरोड आउनुभयो भने त्यो दिन तपाईलाई आफू बिराटनगरमा नभई कुनै विदेशी भुमिमा रहेको अनुभुती हुन्छ । चारैतिर उज्यालो , सबै पसल बेहुली झै सझाइएको अवस्था, ठाउँठाउँमा राखीएका साउण्ड सिस्टम र त्यहाँ बजिरहेका गितले अझ माहोललाई तताउने काम गरिरहेको हुन्छ । अधिकांश युवापुस्ताले विराटनगरको लक्ष्मीपुजाको दिन मेनरोडको रमाइलोमा नै समर्पित गर्ने गर्छन् । देउसी भैलोको पनि छुट्टै रौनक हुन्छ बिराटनगरमा । के साना बालबालिका के युवा र के बृद्ध सबैको देउसी भैलो हामी हाम्रो घर दैलोमा अनुभव गर्न सक्छौ । विभिन्न संघ संस्थाको देउसी भैलो पनि मनोरञ्जनात्मक हुने गर्दछ । यी सबै कुराले विराटनगर तिहारमा निकै आकर्षक हुने गर्द्छ ।

[caption id="attachment_16360" align="alignnone" width="800"]बिराटनगर बजार तिहारमा बिराटनगर बजार तिहारमा[/caption]

बिराटनगरको छठ पुजा :

विशेषगरी तराईमा मनाइने छठ पर्व बिराटनगरमा पनि निकै धुमधामका साथ मनाइन्छ । विराटनगरको पिचरा , सिघिंया , केशलिया खोला साथै अन्य ठाउँमा पनि छठ पर्वको दिन ठुलो घुइँचो लाग्ने गर्दछ । त्यस दिन यहाँका खोला तथा नहरमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गर्दछ । भजनकिर्तन साथै मिष्ठानन् खानेकुराले पनि छठ पर्वलाई विशेष बनाउछ । पहिलो दिन अस्ताउदै गरेको सुर्यको पुजा र दोस्रो दिन बिहानै उदाउँदो सुर्यको पुजा गरि छठ पर्व मनाउने चलन छ । यस अवसरमा विराटनगरका सम्पुर्ण खोला तथा नहर पुर्णरुपमा छठ पर्वले रंगिन बनेको हुन्छ । छठ हेर्न जानेको पनि भिड बाक्लो हुने गर्दछ । अहिले आएर पहाडी समुदायले पनि छठ पर्व मनाउने क्रम बढेकोले यो पर्व सबैको साझा पर्व बन्न पुगेको छ ।

chhat

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्