मदर मेरी स्कुलकाे अायाेजनामा निशु्ल्क अाँखा चेकअप क्याम्प सम्पन्न

मदर मेरी स्कुलकाे अायाेजनामा निशु्ल्क अाँखा चेकअप क्याम्प सम्पन्न

मंसिर २२, विराटनगर  ।  विराटनगर–१९ मा रहेको मदर मेरी ईङ्गलिस बोर्डिङ स्कूलको आयोजना बुधबार एक दिने आँखा शिविर सम्पन्न भएको छ ।
रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगर, फ्रेड हलोज फाउण्डेशा अष्ट्रेलिया तथा तिल गंगा आँखा अस्पतालको सहकार्यमा सो आँखा शिवर सञ्चालन भएको स्कूलका प्रिन्सीपल देव राँयले जानकारी गराए । विरामीलाई निशुल्क आँखा जाँच, औषधी वितरण तथा मोतियाविन्दु भएका विरामीहरुलाई निशुल्क शल्यक्रिया रामलाल गोल्छा आँखा अस्पताल गर्ने प्रिन्सीपल राँयका बताए । रामलाल गोल्छा आँखा अस्पतालका साहायक चिकित्सक राजेश यादब, सजर पोखरेल, संतोष कट्टेल र जेपी मेहताले विरामीको आँखा जाँच गरेका थिए । शिविरमा २ सय ३१ विरामीले चेक जाँच गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्