सुन्दरी प्रतियोगिता : ठिक या बेठिक ? – भूमिका पाख्रिन

सुन्दरी प्रतियोगिता : ठिक या बेठिक ? – भूमिका पाख्रिन

सुन्दरता आफैमा सुन्दर शब्द । सुन्दरतालाई बाहिरी आवरणसँग तुलना गर्ने हो या सुन्दरतालाई कसरी लिने भन्नेबारे मानिसका आ–आफ्ना तर्क हुन सक्छन् । सुन्दर हुन कसलाई मन पर्दैन र ? त्यसमा पनि च्याउसरी उम्रिएका यस्ता सौन्दर्यप्रतियोगिताको आडमा आफूलाई सुन्दरी बनाउनेको होडबाजी नै चलेको छ भन्दा अतियुक्ति नहोला । नेपालको सन्दर्भमा हेर्ने हो भने हिडन ट्रेजरले आयोजना गर्दै आएको मिस नेपाल भन्दाबाहेक अन्य कुनै सौन्दर्यप्रतियोगिताले खासै उचाइ लिएको पाइदैन । हुन यस्ता प्रतियोगिता हुँदै गर्दा यी प्रतियोगिताहरुको विरोधमा महिलाहरु नै पनि सडकमा उत्रिएका कतियप घटनाहरु छन् । तथापी बदलिदो समयसँगै विरोधका स्वरहरु कमै मात्रामा आउन थालेका छन् । सुन्दरता हेर्ने नजरमा भरपर्छ भन्ने उखानपनि नसुनिएको हैन ।

 

यद्धपी बाहिरी आवरणलाई नै प्रमुख प्राथमिकता दिँदै सौन्दर्यप्रतियोगिताको बाढी देशैभर आएको छ । जहाँ पूर्वी नेपालपनि अछुतो छैन । व्यवसायिक लाभका लागि खोलिएका कम्पनीले एउटा ताज भिराउदैमा सुन्दर भइदैन । यसो भन्दैमा सौन्दर्यप्रतियोगिताहरु खराब हुन् या सौन्दर्यप्रतियोगिता गराउनुको अर्थ छैन भन्न खोजिएको हैन । विभिन्न सौन्दर्यप्रतियोगिताको माध्यमले पक्कैपनि व्यत्तित्व विकासमा सहयोग पु¥याउछ नै । सौन्दर्य प्रतियोगिताहरुले बाहिरी सौन्दर्यतालाई मात्र हैन, समाजका हरेक कुरालाई प्रतिनिधित्व गर्नसक्नुपर्छ । राष्ट्रका लागि कुशल र दक्ष युवा निर्माण गर्न सक्नुपर्छ । च्याउसरी उम्रिएका सौन्दर्य प्रतियोगिताले मेकअप आर्टिस्ट र नाम चलेका डिजाइनरको पहिरन लगाएर सन्दरीहरुलाई क्याटवाकमा उतार्ने , फोटोसुट गराउने र एक दिन अनाथआश्र्रम र वृद्धाश्रममा खाजा खुवाएजस्तोगरि फोटो अपलोड गराउने काम मात्र हैन, सबल समृद्ध र समुन्नत राष्ट्र निर्माणमा योगदान दिने दक्ष जनशक्तिहरु उत्पादन गराउन सकोस् । आफ्नो व्यत्तित्व विकास गर्दै आफ्नो समाज र राष्ट्रका निम्ति उदाहरणीय काम गर्नेहरु नै वास्तविक जिवनका नक्षत्र बन्न सक्छन् । आफ्नो सोचलाई सुन्दर बनाउदै राष्ट्रको जिम्मेवार नागरिकबन्न पनि सौन्दर्यप्रतियोगिताहरुले प्रतियोगीहरुलाई सक्षम बनाउन सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्