नेपालमा राजनीतिक परिवर्तन मात्र भएको छैन । परिवारको आयतन, संरचना, जीवीकोपार्जनको आधारमा लगायत परिवार भित्रको अन्तरसम्बन्धमा पनि महत्वपूर्ण परिवर्तन भएको छ । परिवारको सदस्यहरुको सम्बन्धमा उल्लेख्य परिवर्तन भएको छ र हुँदैछ । यी परिवर्तन आर्थिक लगायत अन्य क्षेत्रमा भएका परिवर्तनसँग अन्तररुपले गाँसिएका छन् । वास्तवमा परिवारका सदस्य, परिवार र समाजमा आएको परिवर्तनले नै राजनीतिक परिवर्तनलाई अघिल्तिर धकलेको हो ।
संयुक्त र एकल परिवार, ठूलो र सानो परिवार, प्राकृतिक र नियोजित परिवार, झन्डै पारपाचुके हुनै नसक्नेदेखि पारपाचुके परिवार आदि सुनेको वा भोगेको हो । त्यसै गरी पुरुष घरमुली भएको र महिला घरमुली भएको परिवार, जेठा वा कान्छो छोराले सबै अंश खानेदेखि सबै छोराले बराबरी अंश पाउने परिवार, छोरीले समेत अंश पाउने वा इच्छापत्रको आधारमा बाहेक छोराछोरीले अंश नपाउने परिवार प्रणाली आदि ।
सामाजिक परिवर्तनको निश्चित विन्दु तथा एउटा विशेष परिस्थितीमा व्यवस्थाले पनि परिवर्तन हुनुपर्दछ । जस्तो क्रान्ति,उथलपुथल र राजनीतिक आन्दोलनको स्वरुप फेर्दछ । वास्तवमा व्यवस्था स्थिर र गतिशिलता– प्रगति हुन्छ , यहाँ प्रगति भनेको गतिशिलता हो । परिवर्तनशीलता हो र व्यवस्था भन्ने वित्तिकै विभिन्न भागहरुको एकीकृत र प्रकार्यात्मक ढङ्गले कायम हुने सन्तुलनको अवस्था हो भन्ने बुझ्नु पर्दछ । यद्यपी सामाजिक स्थिरता भनेको जड, गतिहिन र अपरिवर्तनीय कुरा होइन पनि बुझ्नु पर्दछ ।
सामाजिक साँस्कृतिक व्यवस्था एवं संरचना भनेको धार्मिक ,आर्थिक, राजनीतिक, पारिवारिक ,शैक्षिक, वैवाहिक, नातासम्बन्ध, जात, प्रजाति, संस्कृति, वातावरण, अन्तरक्रिया आदि जस्ता थुप्रै संस्था र प्रक्रियाहरु मिलेर बनेको एक प्रणाली हो । यी व्यवस्थाहरुमा रुपान्तरण विविद्य कारणले हुन जान्छ । पश्चिमी संस्कृतिको प्रभाव , विभिन्न सामाजिक र राजतिनीक आन्दोलन र संघर्ष आदि ।
समाजशास्त्री अगस्ट कोंम्टेको स्थिरता सामाजिक व्यवस्था सँग सम्बन्धित छ । सामाजिक स्थिरताको अवधारणा अन्र्तगत समाजमा रहेका आर्थिक, पारिवाकि, विवाह, राजनीति, धर्म, शैक्षिक आदि जस्ता विभिन्न सामाजिक संस्थाहरुको समन्वयात्मक वा एकीकृत नै सामाजिक व्यवस्थाको गठन हो भनेका छन. ।
कुनै खास समाज र समुदायमा समेत स्थापित वैवाहिक पद्धति स्थिर नभएको भेटिन्छ । कुनै पद्धति ग्राहस्थ बन्दै जाने क्रममा हुन्छन् भने कुनैले वैद्यता क्रमश गुमाउदै गएका हुन्छन् । यसरी नयाँ पद्धतीको रुपान्तरण भएको छ र नयाँ पद्धतिको सुरुवात भएका छन् । जस्तै ः हालै एक जोडी मधेशी र पहाडी समुदाय विचको वैवाहिक सम्बन्ध कायम भएको छ । वर्तमान राष्ट्रप्रमूखको हैसियतमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम र निवर्तमान राष्ट्रपति डा.रामवरण यादवको नाती अभिषेकको प्रेम सम्बन्धलाई विवाहमा परिणत भयो । माक्स वेबरका अनुसार, शक्ति केवल राज्यको एकल क्षेत्रमा मात्र सिमति नभई सामाजिक सम्बन्धका सम्पूर्ण क्षेत्रहरुमा हुने गरेका छन् ।
वर्तमान विश्वभित्र नै विभिन्न धर्मालम्बी,सांस्कृतिक समुह र जनसमुदायमा विभिन्न पद्धति अन्र्तगत वैवाहिक सम्बन्ध स्थापीत गर्ने गरिन्छ । वैवाहिक सम्बन्ध भित्रको घनिष्ठता, स्थायीत्व, लेनदेन र अन्य अन्तरक्रियाका साथै दम्पतिको बालबच्चा,परिवारका अन्य सदसयहरु, नातागोता र मित्रगणसँग सम्बन्ध पनि भिन्न भिन्न रहेको पाइन्छ ।
विगतमा विभिन्न वैवाहिक पद्धती हावि थिए । यी मध्ये केही पद्धति रुपान्तरण भएको हुँदै हालसम्म कायम छन् । केही नयाँ पद्धति जन्मे र विकास क्रममा छन् । समाजशास्त्री चैतन्य मिश्रका अनुसार नेपालमा पनि यहाँ विवाह पद्धति कायम छन् । यी मध्येको एउटा पद्धती हो मागी विवाह । जसलाई परिवार र नजिकका नातागोताहरुद्धारा रचित र संरक्षित विवाह भन्न सकिन्छ ।
अर्को विवाह पद्धति हो ‘प्रेम विवाह’ जुन विवाह गर्न केटा र केटीको इच्छा अनुसार हुन्छ । यिनका साथै अन्य पनि विशिष्ट पद्धति विद्यमान छन् । जस्तै जारी विवाह, विधुवा विदुर विवाह, बालविवाह, श्रृखलायुक्त विवाह , बहुविवाह –(बहुपति र बहुपत्नी प्रथा), एकल विवाह क्रमबद्ध एकल आदि । मागी विवाह र सामन्तवाद ः सामान्तवाद अन्र्तगत राजा रजौटा, महासामन्त जमिनदार देखि सम्पत्तियुक्त , सामान्य गृहस्थी मालिक परिवारमा पुरुष बहुविवाहको चलन काफी मात्रामा थियो । यी मध्ये कतिपय प्रेम विवाह पनि हुन्थे । तर पहिलो आधिकारिक र पूर्ण वैद्यता प्राप्त गर्न विवाह अभिभावकहरुले नै निश्चित गर्थे । यसै विवाह अन्र्तगत प्राप्त सन्तानलाई मात्र पुर्खौली आर्थिक, राजनीतिक र साँस्कृतिक अधिकार प्राप्त हुन्थ्यो । बराबरी हैसियत कुलीनता, राजनीतिक शक्ति र समाजिक प्रतिष्ठा आर्जन र यी सबै दिगोपनाका लागि नै सबैजसो सामान्तहरुले पर्खालभित्र मात्र आफना सन्तानको विवाह तय गर्ने गरेका थिए । नेपालका राजघरानाका बहिनी छोरी र छोराको विवाह भारतका समकक्षी सामन्त खान्दानीमा भयो ।
पूँजीवादी प्रेम विवाह तथा सामाजवादी विवाहः नयाँ पद्धतिको सिर्जना भयो । जन्मेको परिवारबाट छुटिएको, भिन्नै इलाका,सहर र देशमा काम गरेको एवम् बसोबास गरेको,भविष्यमा पनि घर नर्फकिने, नयाँ ठाउँ, नयाँ सामाजिक सम्बन्धस्थापित गनुपर्ने स्थितीमा आफ्नो वैवाहिक साथिको चयन आफैले नै गर्नुपर्छ ।वैयक्ति प्रेमको आधारमा । यस स्थितीमा प्रेम विवाह गर्न ऊ स्वतन्त्र हुन्छ ,तर यसो गर्न बाध्य पनि हुन्छ । मागी विवाह वा अन्य विवाह पद्धति अपनाउन ऊ स्वतन्त्र हुँदैन । यसरी पुँजीवादीले डोयाउने र निर्देशित गर्न एउटै मात्र पद्धति हुन सक्छ ः प्रेम विवाह । कम खर्चिलो, तडकभडकरहित, थोरै मात्र पाहुना बोलाइएको विवाहलाई प्रगतिशिल वा कहिलेकाहि समाजवादी विवाह भन्ने गरिएको पाइन्छ । मागी विवाहभन्दा प्रेमविवाह समाजवादसम्मत वा समाजवादउन्मुख भन्ने धारणाअन्र्तगत वाम समाजवादी दल र संगठनले विवाहलाई वकालत गरेको पाइन्छ । प्रगतिशिल र समाजवादी पक्षहरुको आशक्ति सामन्तवादविरोधी, कुलीनताविरोधी, पुर्खौली सर्वत्तावाद तथा पुर्खा बाबुआमाको मुख ताक्ने प्रवृत्तिविरोधी देखिन्छ । त्यो आशक्ति करकापमा पारी विवाह गरिदिने प्रवृतिविरोधी, स्वआर्जन र स्वनिर्मित जीवन र भविष्यको पक्षपाती रहेको छ । सायत महिला हक हितसम्मत पनि छ । सोभियतसंघ, जनवादी चीन, क्युवा र अन्य मुलुकका वैवाहिक एवम् सामाजिक पाटालाई गहिरिएर अध्ययन गर्दा समाजवादले खासगरि बालबच्चाको हुर्काइमा उल्लेख्य भुमिका खेलेको हो । महिलाहरुको उत्थानमा महत्वपूर्ण आयाम थपेकै हो । मोटामोटी आँकलन गर्दा ती मुलुक र समाजका प्रेम विवाह र पुँजीवादी मुलुक र समाजका प्रेम विवाहमा तात्विकअन्तर देखापरेको छैन ।
योजनावद्ध सामाजिक साँस्कृतिक परिवर्तनलाई विश्वको सन्दर्भमा हेर्ने हो भने पहिलो विश्वयुद्धकालदेखि पूँजीवादी सुधारको विकल्पमा समाजवादी आम सुधारको स्थापनाभएको थियो । दोस्रो विश्वयुद्धपछि लोककल्याणकारी राज्यको अवधारणा आयो । यसले सकारात्मक आर्थिकराजनितीक आवश्यकतालाई पुरागर्नु पर्ने विचारको विकास गरायो । यसको अर्थ सामाजिक, आर्थिक, साँस्कृतिक परिवर्तन तथा सुधारको जिम्मा सबै राज्यले लिन थाल्यो ।
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने नेपाल एक राष्टको रुपमा नेपाली समाजिक साँस्कृतिक परिवर्तनको लागि एतिहासिक समय देखि नै विभिन्न प्रयासहरु गर्दै आइरहेको छ । व्यवस्थित रुपमा यस्तो परिवर्तनको प्रयास मल्लकालदेखि नै हुँदै आएको छ । जयस्थिती मल्लले नाप,तौल, सिंचाईजस्ता कुराको व्यस्थित गर्ने प्रयास गरेका थिए । रामशाहले माना,पाथी ,ढक तराजु जस्ता नाप तौल सम्बन्धी चलन समाजिक सुधार र आर्थिक सुधारगर्ने प्रयास गरेका थिए ।
त्यसतै नेपाल एकीकरण पश्चात दासप्रथाको सुधार तथा उन्मुलन गर्ने प्रयास पृथ्वीनारायण शाह,भिमसेन थापाले उमेर,लिंग र संख्या तोके । त्यसतै जंगबहादुरले दाससम्बन्धि जात तोके, चन्द्रशमशेरले सन् १९२४मा दास प्रथा हटाए । उनको पालामा दास परिवारको संख्या १५७१९थिए भने ५९८७३ जना दासहरु थिए । पुरुषको दासको मूल्य तीन सय थियो भने महिलादासको मूल्य पाँचसय थियो । वि.स. १९७५ मा शिक्षा मा सुधार लयाई चन्द्रशमशेरले त्रिचन्द्र कलेजको स्थापना गरियो । वि.सं. १९७७ भन्दा अगाडी हिन्दु परम्परा अनुसार ११ वर्ष भन्दा माथिका विधुवा महिलाहरु सति जानु पर्ने चलन थियो । कुमारीहरु भएका आफ्नो मालिक मर्दापनि सति जानु पथ्र्यो । साथै आगोमा बस्न नसकेर भाग्न खोज्नेलाई लामालामा बाँसका घोचाले छेकेर भाग्न दिइदैनथ्यो । सन् १९२० मा सति जान लगाउनेलाई कानुनी रुपमा कार्वाही गर्ने प्रावधान बनाई यो प्रथाको उन्मुलन गरियो । वि.सं.२०१३ सालमा राष्टिय योजना आयोगको गठन गरि आर्थिक विकासको सुवात गरियो ।
नेपालको सामाजिक राजनितिक आन्दोलनको इतिहास हेर्ने हो भने शान्तिपूर्ण सामाजिक आन्दोलनले ठूला परिवर्तनहरु ल्याएको छ । २००७ साल होस या ०४६ साल या २०६२।६३ सालको या अन्य आन्दोलन होस । यी आन्दोलनहरुले नेपाली समाजको पुरानो परम्परागत सामाजिक संरचनामा व्यापक परिवर्तन ल्याएको पाइन्छ । नयाँ नीति र कानुनको विकास र निमार्ण भएको छ । विभिन्न जातजाति,समुदाय, धर्म,सँस्कृति , सम्प्रदाय मानिसहरुमा सामाजिक विकास , परिवर्तन प्रति व्यापक ईच्छाशक्तिको विकास भएको छ । यसबाट पराम्परागत सामन्ती सम्बन्ध, प्रविधि, शासनशैली, विचार र दृष्टिकोणमा परिवर्तन भएको छ । केही महिला हिंसाका प्रथाहरु कायम छ मधेसमा दाइजो प्रथा, पश्चिम पहाडमा छाउपडी प्रथा, तथा बालविवाह आदी । प्रशासनीक काम कारवाहीप्रति जवाफदेहितामा कमी, भ्रष्टाचार वृद्धि, युवा रोजगार विहिन, रोजगारीको गन्तवय विदेश हुनु , क्षेत्रीय, वर्गीय , जातीय , असमानता तथा महिला –पुरुष विचमा विभेद नीतिले जडा गाडेको अवस्था छ । अहिले पनि सामाजिक सांस्कृतिक आन्दोलनको आवश्यकता महसुस भएको छ । यस्ता आवाज बेलाबेलामा राजनितीक तथा बौद्धिक तहहरुबाट उठ्ने गर्दछ ।
जसरी पुरानो र परम्परागत सामाजिक,साँस्कृतिक,राजनैतिक आर्थिक प्रक्रियाबाट मानिसको जीवन चल्न नसक्ने भएपछि समाजविकासको निश्चित चरणमा परिवर्तनकारी आन्दोलनका रुपहरु देखिने गर्दछ । समाजमा मानिसको चिन्तन पद्धति, विचार, दृष्टिकोण, आनिबानि,व्यवहार, मूल्यमान्यता पनि परिर्वतन आउँदछ । उत्पादनको ढाँचा, आर्थिक प्रणाली, समाजको संरचना, मानिसको सामाजिक सम्बन्ध, कार्यशैली, निती नियम,प्रविधि आदिले विकास गर्दछ ।
नेपालमा मात्र होइन संसारमा तमाम मुलुकमा सामाजिक आन्दोलनको माध्यमबाट समाज र संस्कृतिमा हेरफेर भएको छ । पश्चिममा समाजको अपार विकास र परिवर्तनहरु ऐतिहासिक कालखण्डका सामाजिक आन्दोलनका परिणीतिहरु हुन । संसारमा जेजति विकास र सम्पन्नताहरु मानवजातिले हासिल गरेको छ ती सबै सामाजिक आन्दोलनका उपजहरु हुन । हालै नेपालको राजनीतिमा दुर्गामी असर पर्ने राजनीतिक घटनाहरु भयो जसको समाजमा सकारात्मक प्रभाव परेको छ । साथै राजनीतिक परिवर्तन सँगै सामाजिक परिवर्तन पनि भइरहेका छन् ।
दशरथ शाह,
समाजशास्त्र ,स्नाकोत्तर क्याम्पस विराटनगर