नवनियुक्त १६ शिक्षकले पाउन सकेनन् विद्यालय

नवनियुक्त १६ शिक्षकले पाउन सकेनन् विद्यालय

जिल्ला शिक्षा कार्यालय मोरङले नयाँ नियुक्ति पाएका शिक्षकलाई विद्यालय तोक्ने नसकेपछि कार्यालयमा नै काजमा राखेको छ। शिक्षा सेवा आयोग उत्तिर्ण गरेका मावि तह तृतियका १६ शिक्षकलाई पदस्थापन गर्ने ढिलाई गरेको जिल्ला शिक्षा कार्यालयले कार्यालयमा हाजिर गराएर राखेको हो। जिल्ला भरका सम्पुर्ण विधालयको बार्षिक परिक्षा नजिकिदै छ। परिक्षा नजिक आएपनि दरबन्दि खालि हुदा शैक्षिक पाठ्यक्रम पुरा हुन सकेको छैन्। विवाद आउने डरले दरबन्दि खालि छदापनि जिल्ला शिक्षा कार्यालयले शिक्षकको पदस्थापन गर्न सकेको हो। आयोग पास गरेको शिक्षकलाई अन्य जिल्लाले करिव दुई महिना अघि नै पदस्थापन गरिसकेको छ। तर मोरङ भने काजमा नै रखिएको हो। मोरङ विशिष्ट जिल्ला भ​एको कारण पदस्थापनमा केहि ढिलाई भ​एको जिल्ला शिक्षा अधिकारि देवेन्द्रराज खनालले बताएकाे समाचार अाजकाे उद्घाेष दैनिकले प्रकाशित गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्