अमेरिका र ब्रिटेनले लगाए ‘ल्यापटपमा राेक’

अमेरिका र ब्रिटेनले लगाए ‘ल्यापटपमा राेक’

अमेरिकामा ट्रम्प सरकार अाए पछि केहि मुस्लिम देशहरूबाट अाउने मानिसहरूलाइ यात्रा-राेक लगाइएकाे थिए । अहिले भने अन्य केहि मुस्लिम देशहरूबाट यात्रा गर्दा ल्यापटप र इलेक्ट्राेनिक सामानकाे राेक लगाएकाे खबर अाइरहेकाे छ ।

अमेरिकि सरकारले मध्य पुर्वकाे अाठ मुस्लिम बाहुल्य देशहरूबाट अाउने हवाइजहाजहरूमा ठुला विद्युतिय सामाग्रीहरू ल्याउन राेक लगाएकाे हाे ।

कट्टरपंथीहरूले हवाइजहाजलाइ निशाना बनाउनका लागि नयाँ तरिका खाेज्ने प्रयासमा लागेकाे अाराेप लगाउदै अमेरिकि गृह मन्त्रालयले यस्ताे राेक लगाएकाे बताएकाे छ । जसअनुसार ल्यापटप, ट्याब्लेट, क्यामेरा र इलेक्ट्राेनिक्स गेमहरूमा बम लुकाएकाे हुन सक्ने दाबी गरेकाे छ । यस अन्तर्गत माेबाइल बाेक्न भने छुट दिएकाे छ ।
अमेरिकाले यस्ताे ल्याप्टप-राेक घाेषणा गरेकाे केहि समयमै ब्रिटेनले पनि यस्तै घाेषणा गरेकाे छ ।

यस नयाँ घाेषणााबाट नाै एयरलाइन्स र १० वटा एयरपाेर्ट प्रभावित हुनेछ ।

प्रभावित हुने एयरलाइन्सहरू:
1.राेयल जर्डियन
2.इजिप्ट एयर
3.तुर्कीश एयरलाइन्स
4.साऊदी अरेबियन एयरलाइन्स
5.कुवेत एयरलाइन्स
6.राेयल एयर मारोक
7.कतार एयरवेज
8.इमीरेट्स
9.इतिहाद एयरवेज

अमेरिकि सरकारले याे एयरलाइन्सहरूलाइ याे राेक लगाउन ९६ घण्टाकाे समय दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्