पाकिस्तानी राष्ट्रपतिले भारतसँग वार्ता गर्न देखाए चासो

पाकिस्तानी राष्ट्रपतिले भारतसँग वार्ता गर्न देखाए चासो

इस्लामाबाद, १० चैत । पाकिस्तानका राष्ट्रपति मम्नुन हुसेनले आपसी विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नका लागि वार्तामा बस्न बिहीबार भारतलाई प्रस्ताव गरेका छन् ।

पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा राजधानी इस्लामाबादमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति हुसेनले कश्मीरमा भइरहेको विवाद सहितका सबै विवाद वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गरेका हुन् । उनले गैरजिम्मेबार व्यवहार, हिंसात्मक गतिविधिले सुरक्षा चुनौती बढ्दै गइरहको पनि बताए । यसअघि सन् २००३ मा दुवै देशले युद्ध बिराम गरेका थिए । “संयुक्त राष्ट्रसङ्घको समन्वयमा वार्तामार्फत् काश्मीर समस्याको समाधान गर्न हामी भारतसँग वार्तामा बस्न तयार छौंँ,” उनले भने ।

“कश्मीरका जनताले स्वविवेकीय निर्णय गर्न पाउने अधिकारको हामी नैतिक, राजनीतिक र कुटनीतिक हिसावले सहयोग गर्न सधै तयार छाैं,” उनले थपे । भारत बेलायती उपनिवेशबाट मुक्त भएको बेला सन् १९४७ देखि अहिलेसम्म भारत र पाकिस्तानकाबीचमा तीन ओटा युद्ध भएका छन् । तीमध्ये दुई ओटा युद्ध काश्मीरसँग नै सम्बन्धित छ । उनले भारत र पाकिस्तानकाबीचमा शान्तिपूर्ण वार्ता गराउनका लागि अन्तरराष्ट्रिय समुदायले भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।

पाकिस्तान कुनैपनि देशका विरुद्धमा आक्रोसित नभएको दावी गर्दै उनले क्षेत्रीय शान्ति र सम्वृद्धिका लागि पाकिस्तानले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेकाछन्  । राष्ट्रपति हुसेनले पाकिस्तानले आफुलाई पहिलाभन्दा अहिले सुरक्षित ठानेको पनि बताए । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्