जाजुसी गरेको आरोपमा भारतका नागरिकलाई पाकिस्तानले मृत्युदण्ड दिने फैसला

जाजुसी गरेको आरोपमा भारतका नागरिकलाई पाकिस्तानले मृत्युदण्ड दिने फैसला

जाजुसी गरेको आरोपमा भारतका नागरिकलाई पाकिस्तानले मृत्युदण्ड दिने फैसला गरेपछि दुई देशबिचको सम्बन्ध झनै चिसिएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो नागरिकलाई मृत्युदण्डको सजायबाट बचाउन भारत जुनसुकै हदसम्म जान सक्ने संसदमा बताउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको यो प्रतिक्रियालाई लिएर पाकिस्तानका अधिकारीले भने भारतले कुनै कदम चाले आफूहरु पनि चुप लागेर नबस्ने र पाकिस्तानले त्यसको जवाफ दिने बताएका छन् । तर पाकिस्तानी नागरिकमा भने यो विषयलाई लिएर चिन्ता बढेको छ ।

भारतले सैन्य कारबाही गर्ने वा कुटनीतिक रुपमा कुनै कडा कारबाही गर्ने हो भन्ने बारेमा पाकिस्तानी नागरिकमा भय छाएको हो । पाकिस्तानका रक्षामन्त्रीका अनुसार मृत्युदण्ड पाएका कुलभूषणले अब सैन्य कानुनअन्तर्गत रहेर ४० दिनभित्र यो निर्यणविरुद्ध अपिल गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्