आइसियुका सामग्री स्टोर मै थन्किए , बिमारी मर्कामा !!

<span class='c1'>आइसियुका सामग्री स्टोर मै थन्किए</span> <span class='c2'>, बिमारी मर्कामा !!</span>

दाङ, १० वैशाख । यहाँको अस्पतालमा सघन उपचारसेवा लिने धेरै बिरामीलाई आइसियु सेवा नहुँदा समस्या परेको छ ।

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने पहल सरकारले थालिसकेको छ । त्यसका लागि भौतिक पूर्वाधारका आवश्यक स्वास्थ्य उपकरणलगायतका सामग्रीसहित बजेटसमेत उपलब्ध गराइरहेको छ । तर पछिल्लो समयमा उपक्षेत्रीय अस्पतालमा आइसियु सञ्चालनका लागि आएका करोडौँ मूल्य बढीका आवश्यक सामग्री भने स्टोरमा थन्किएका छन् ।

अस्पतालमा आइसियु सेवाका लागि ती लाखौँका सामान आएको करिब डेढ वर्ष भइ सकेको छ । आइसियुका सामग्री लिएको पनि डेढ वर्षभन्दा धेरै भइसकेको छ, आइसियु सेवा सुरु हुन सकेको छैन । स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाबाट भेन्टिलेटर ल्याइएको हो । दुईवटा भन्टिलेटर लिएर राखेको हो तर त्यो भेन्टिलेटर भित्र्याएको डेढ महिना बितिसक्दा पनि सुरु नहुँदा बिरामीलाई जिल्ला बाहिर पठाउने गरिएको छ ।

दैनिकजसो बिरामीलाई आइसियुका लागि जिल्ला बाहिर पठाइन्छ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा आइसियु सेवा नहुँदा नवजात शिशुलाई दैनिकजसो अन्यत्र पठाउने गरिएको छ । दाङ, सल्यान, रुकुम, रोल्पालगायतका जिल्लाबाट सुत्केरीका लागि यस अस्पतालमा ल्याउने गर्छन् । तर यस क्षेत्रको ठूलो भनिएको अस्पतालमा आइसियु सेवा नहुँदा कतिपय नवजात शिशुले अकालमै ज्यान गुमाउने गरेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जनार्दन पन्थीले आइसियु अस्पतालका लागि हात्ती भएको बताउँदै अस्पतालले हात्ती चलाउन नसक्ने बताए । उनले आइसियुका लागि मात्र १२-१५ जना दक्ष कर्मचारी आवश्यक पर्ने तर अस्पतालसँग जनशक्ति नहुँदा सञ्चालनमा समस्या भएको बताए ।

नयाँ अस्पताल विकास समिति आएसँगै यसलाई सञ्चालनको पहल आफूले गरिरहेको भन्दै पन्थीले असार मसान्तसम्म आइसियु सेवा सुरु गर्ने बताए । बर्सेनि अस्पताल व्यवस्थापन समिति फेरिने परम्पराले पनि अस्पतालमा राज्यले दिएका सुविधा पनि नागरिकले पाउन सकेका छैनन् । लाखौँका सामग्री आएर पनि आइसियु सेवा तथा आएका भेन्टिलेटरसमेत सञ्चालन हुन नसक्नु दुर्भाग्यपूर्ण भएको आमनागरिकले गुनासो गर्दै आएका छन् । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्