इरानी इलाकामा शक्तिशाली भूकम्प , दुईको मृत्यु

इरानी इलाकामा शक्तिशाली भूकम्प , दुईको मृत्यु

तेहरान । तुर्कमेनिस्तानको सीमा क्षेत्रमा रहेको इरानी इलाकामा आइतबार शक्तिशाली भूकम्प गएको समाचार छ । ५.७ म्याग्निच्युड मापन गरिएको यस भूकम्पमा परी दुई व्यक्तिको मृत्यु भएको एएफपी समाचार समिति जनाएको छ ।

यस भूकम्पमा परी अन्य सयौँ व्यक्ति घाइते भएका राज्यद्वारा सञ्चिलित समाचार समितिले जानकारी दिएको छ । इरानको उत्तरी प्रान्त खोओरासनको बोज्नुर्द सहरमा ग्रिनविज समयानुसार १८०० बजे शनिबार गएको यस भूकम्पमा परी एक ५४ वर्षीया महिला र एक युवतीको मृत्यु भएको इजना समाचार समितिले जानकारी दिएको छ ।

यस भूकम्पमा परी ३७० भन्दाबढी व्यक्ति घाइते भएका र भूकम्प प्रभावित क्षेत्रका ४० प्रतिशत भन्दाबढी घरहरु क्षतिग्रस्त भएको जनाइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार यो भूकम्प ५.८ म्याग्निच्युडको मापन गरिएको छ ।

यस भूकम्पको केृन्द्रविन्दु तुर्कमेनिस्तानको सीमा क्षेत्रबाट ५० किलोमिटर टाढा रहेको क्षेत्रको १२.५ किलोमिटर गहिराईमा रहेको छ ।

गत अप्रिल ५ मा इरानको दोस्रो ठूलो सहर मसादमा गएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको थियो ।

इरानमा सन् २००३ मा दक्षिणपश्चिम प्रान्त केरम्यानको बाम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी ३१ हजार व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्