अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब भ्रमणमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब भ्रमणमा

अमेरिका । अमेरिका र साउदी अरबबीच १ सय १० अरब डलरको हतियार सम्झौता भएको छ । साउदी अरबसंगको हतियार सम्झौता अहिलेसम्मकै ठूलो भएको ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपतिका रुपमा आफ्नो पहिलो विदेश भ्रमणको गन्तव्य साउदी अरब बनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा यो सम्झौता भएको हो । दुई मुलुकबीच हतियार सहित विभिन्न विषयमा ३ सय ५० अरब डलरको व्यापारिक सम्झौता पनि भएको छ । यसअघि रियाद पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई साउदी राजा सलमानले विमानस्थलमा स्वागत गरेका थिए ।

राजा सलमानले ट्रम्पलाई साउदी अधिराज्यको सर्वोच्च नागरिक सम्मान समेत प्रदान गरेका थिए । मुस्लिम विरोधी छबीका अमेरिकी राष्ट्रपति रियादमा ४० भन्दा बढी मुस्लिम मुलुकका नेताहरु सहभागी हुने सम्मेलनलाई ट्रम्पले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा अतिवादी समूहहरुविरुद्ध लड्ने मुलुकको बाहुल्य रहने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्