काठमाडौं ।
नासाका वैज्ञानिकहरूले आफूहरूले खोजेको एउटा नयाँ जीवलाई भारतका पूर्वराष्ट्रपति एवं अन्तरिक्ष वैज्ञानिक एपीजे अब्दुल कलामप्रति सम्मान व्यक्त गर्दै उनको नाम दिएका छन् । नासाले यसरी नामकरण गरेको जीव एउटा व्याक्टेरिया हो, जसको सोलीबैकिलस कलामी नाम राखिएको छ । उक्त व्याक्टेरिया पृथ्वीभन्दा झन्डै चार सय किलोमिटर माथिको अन्तरिक्षमा पाइएको दैनिक हिन्दूस्तानको समाचारमा उल्लेख छ ।