म्यानचेष्टर शहरमा कन्सर्ट लक्षित आत्मघाती विस्फोटमा मृत्यु हुनेको संख्या २२

म्यानचेष्टर शहरमा कन्सर्ट लक्षित आत्मघाती विस्फोटमा मृत्यु हुनेको संख्या २२

काठमाडौं । बेलायतको म्यानचेष्टर शहरमा सोमबार बेलुकी ख्यातिप्राप्त गायिक एरियाना ग्रयान्डेको कन्सर्ट लक्षित आत्मघाती विस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको बेलायत प्रहरीले जनाएको छ ।

सन् २००५ मा ४ बेलायती मुुसलमानले त्यहाँको मेट्रो स्टेसनलाई लक्षित गरेको आत्मघाती विस्फोटपछि सोमबारको आक्रमण १२ वर्ष यताकै ठूलो भएको अधिकारीहरुले जनाएका छन् ।

सोमबारको आक्रमणको जिम्मेवारी कसैले लिइनसकेको भएपनि चरमपन्थी इस्लामिक स्टेट समर्थकहरुले भने आक्रमण आफूहरुले गरेको दाबी गर्दै खुशीयाली मनाएका छन् ।

बेलायती अनुसन्धानकर्ताहरुले सोमबारको आक्रमण आतंकवादको दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छन् । यता बेलायती प्रहरीले भने सोमबारको आक्रमण एक आत्मघातीले गराएको भएपनि यसमा गिरोह नै संलग्न भएको हुनसक्ने अनुमानको आधारमा छुट्टै अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्