पाकिस्तानलाई दिइँदै आएको सहायता राशिमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कटौती गर्ने

पाकिस्तानलाई दिइँदै आएको सहायता राशिमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कटौती गर्ने

राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई दिइँदै आएको सहायता राशिमा झन्डै १९ करोड डलर कटौती गर्ने घोषणा गरेका छन् । दैनिक हिन्दूस्तानका अनुसार ट्रम्प प्रशासनको बजेटमा उक्त कुरा उल्लेख छ ।
यद्यपि ट्रम्प प्रशासनले पाकिस्तानलाई ३४.४ करोड डलर मद्दत गर्ने प्रतिबद्धता चाहिँ व्यक्त गरेको छ । अमेरिकाको विदेश विभागले भनेको छ, ‘‘पाकिस्तानले अमेरिकालाई आतंकवादविरोधी रणनीति, अफगान शान्ति प्रक्रिया, परमाणु अप्रसार प्रयासहरू र दक्षिण तथा मध्यएसियाको स्थिरतामा अहं भूमिका निभाएका कारण सहयोग गर्दै आएको छ । हामी पाकिस्तानसँग परस्पर सहयोगमा आधरित द्विपक्षीय सम्बन्ध कायमै राख्छौं ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्