अफगानिस्तानमा दश आतङ्ककारी मारिए

अफगानिस्तानमा दश आतङ्ककारी मारिए

अफगानिस्तान। अफगानिस्तानको पूर्वीय प्रान्त गजनीको प्रान्तीय राजधानी गजनी सहरको बाहिरी इलाकामा बुधबार कम्तीमा दश आतङ्ककारी मारिएका छन् ।

गजनी सहरको बाहिर इलाकामा अवस्थित एक प्रहरीचौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणपछि कैयौ घण्टासम्म भएको दोहोरो भिडन्तमा ती आतङ्ककारीहरु मारिएका प्रहरी अधिकारी बसिर अहमद तराकीले बताएका छन् ।

तराकीका अनुसार आक्रमणपछि अज्ञात सङ्ख्यामा आतङ्ककारीहरु त्यहाँबाट भागे भने, दश मारिएका थिए ।

यस झडपको क्रममा एक प्रहरी अधिकारी भने घाइते भएका र उनलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ ।

अफगान सरकारसँग युद्धरत तालिवान आतङ्ककारी समूहले भने यस झडपको विषयमा केही टिप्पणी गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्