बिहारमा चट्याङ र वर्षाका कारण २३ जनाको मृत्यु

बिहारमा चट्याङ र वर्षाका कारण २३ जनाको मृत्यु

नयाँदिल्ली । पूर्वी भारतीय राज्य बिहारमा गत २४ घन्टामा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा परी करिब २३ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

बिहारको आठवटा जिल्लामा चट्याङको कारण १८ व्यक्तिको मृत्यु भएको छ ।

त्यसगरी सो राज्यको पश्चिमी भागमापर्ने चमपारन जिल्लामा आँधी र वर्षाका कारण पर्खाल भत्किएर भएको दुर्घटनामा परी अन्य व्यक्तिको मृत्यु भएको छ ।

चट्याङको कारण पूर्वी र पश्चिमी चमपारन, जमुइ, मुङ्गइरमा भागलपुर, मधेपुरा वैशाली, समास्तिपुर जिल्लामा १८ व्यक्तिको मृत्यु भएको हो ।

बिहारको पश्चिमी चमपारन जिल्लामा एक पर्खाल भत्किएर भएको दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारी मनोजकुमारले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

यस घटनामा मारिएका व्यक्तिको प्रत्येक परिवारलाई राज्य सरकारले भारु चार लाख क्षतिपूर्तिस्वरुप दिइने घोषणा गरेको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्