भारतमा इन्धनको मूल्यवृद्धि

भारतमा इन्धनको मूल्यवृद्धि

भारतमा बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा १.२३ रुपैयाँ र डिजलमा ८९ पैसा मूल्यवृद्धि भएको छ । भारतीय आयल निगमका अनुसार पेट्रोल र डिजलको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भएको वृद्धिले गर्दा गरिएको हो ।

भारतमा गत १६ मईमा पेट्रोल २.१६ रुपैयाँ र डिजल २.१० रुपैयाँले सस्तो भएको थियो । मूल्यवृद्धि भएपछि राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ६६.९१ भारतीय रुपैयाँ र डिजलको मूल्य ५५.९४ भारतीय रुपैयाँ भएको छ ।

पेट्रोल र डिजलसँगै भारतमा खाना पकाउने ग्यासमा समेत मूल्यवृद्धि भएको छ । समाचारअनुसार ग्यासमा प्रति सिलिन्डर ३.८८ रुपैयाँ मूल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्