अचानक तापक्रम बढेपछि भारतका विभिन्न ठाउँमा जनजीवन संकटग्रस्त

अचानक तापक्रम बढेपछि भारतका विभिन्न ठाउँमा जनजीवन संकटग्रस्त

आइतबार अचानक तापक्रम बढेपछि भारतका विभिन्न ठाउँमा जनजीवन संकटग्रस्त बनेको छ । दैनिक हिन्दूस्तानका अनुसार दिल्लीसहित उत्तर भारतका विभिन्न इलाकामा आइतबार ४७ डिग्रीसम्म तापमान रेकर्ड गरिएको थियो ।

समाचारअनुसार ४ जून (हिजो) दिल्लीमा यस वर्ष अहिलेसम्मको सबैभन्दा गर्मी दिन ठहरिएको छ । आइतबार गर्मीको अत्यधिक तीव्रताका कारण घरमा लगाइएका कुलर, पंखा आदिबाट समेत गर्मी कम गर्न कुनै सहयोग नपुगेको समाचारमा उल्लेख छ ।

भारतको मौसम विज्ञान विभागले गर्मीको यस्तो प्रकोप आगामी तीन दिन कायम रहने जनाएको छ । दिल्लीमा आज सोमबार पनि बिहानपखको तापक्रम ३६ डिग्री पुगिसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्