पोर्चुगलमा गत हप्तादेखि फैलिएको डढेलोमा परेर ५७ जनाको मृत्यु

पोर्चुगलमा गत हप्तादेखि फैलिएको डढेलोमा परेर ५७ जनाको मृत्यु

पोर्चुगलमा गत हप्तादेखि फैलिएको डढेलोमा परेर ५७ जनाको मृत्यु भएको छ । डढेलोमा परेर अन्य ५९ जना घाइते भएको र घाइते हुनेमा केही अग्नी नियन्त्रक पनि रहेको अधिकारीहरुले जनाएका छन् ।

डढेलोबाट बच्नको लागि गाडिबाट केही मानिस पेड्रोगाओ ग्रान्डी क्षेत्रबाट भागेर अन्य क्षेत्रमा जान खोज्दा उनीहरुको आगोमा परेको पोर्चुगुइज सरकारले जनाएको छ ।

पोर्चुगलका मिडियाले अग्नी नियन्त्रकहरुले आगो नियन्त्रणमा आइसकेपछि ३० जनाको शव गाडि भित्र जलेको अवस्थामा फेला पारेको र थप १७ को शव सवारी नजिकै फेला पारेको जनाएका छन् ।

विध्वंशकारी डढेलो नियन्त्रणका लागि पोर्चुगल सरकारले करिब १ हजार ७ सय अग्नी नियन्त्रकलाई खटाएको छ ।

पोर्चुगलको डढेलो नियन्त्रणका लागि स्पेनले आफ्ना दुई पानी वर्षक विमान पठाएको छ भने युरोपियन युनियनले पनि राहत सामाग्री र अग्नी नियन्त्रण यन्त्रहरु पठाउन समन्वय गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्