भारतको उत्तर प्रदेश राज्यमा एक महिलामाथि पाँचौं पटक एसिड आक्रमण

भारतको उत्तर प्रदेश राज्यमा एक महिलामाथि पाँचौं पटक एसिड आक्रमण

भारतको उत्तर प्रदेश राज्यमा एक महिलामाथि पाँचौं पटक एसिड आक्रमण भएको छ ।

एक पटक सामूहिक बलात्कार र यसअघि पनि ४ पटक एसिड आक्रमणको सामना गरेकी ती महिलामाथि फेरि पनि एसिड आक्रमण भएको हो । एसिड आक्रमणको निशाना बनेकी ती महिलाको परिचय भने खुलाइएको छैन ।

लखनउमा रहेको एक छात्रावासमा प्रहरी पहराबीच बसेकी ती महिलालाई नजिकै रहेको ह्याण्ड पम्पबाट पानी ल्याउने क्रममा पुनः एसिड आक्रमण भएको प्रहरीले जनाएको छ ।

३५ वर्षिया ती महिलामाथि सम्पत्तिको विषयलाई लिएर आक्रमण हुँदै आएको बीबीसीले जनाएको छ ।
सन् २००८ मा उनीमाथि पहिलोपटक एसिड आक्रमणका साथै बलात्कार भएको थियो । ती महिलामाथि सम्पत्तिको विषयलाई लिएर आक्रमण हुँदै आएको भएपनि यसबारे केही विवरण नखुलाइएको बीबीसीले जनाएको छ ।

उनीमाथि आक्रमण गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गर्ने गरेको भएपनि उनीहरु अहिले भने जमानतमा रिहा भएको जनाइएको छ ।

ती दुई अभियुक्तले महिलामाथि सन् २०१२ र २०१३ मा दुई पटक एसिड आक्रमण गरेका थिए । उनीहरुले त्यस समयमा आफूमाथि लगाइएको सबै अभियोग फिर्ता लिनको लागि बयान दिन पनि दबाब दिने गरेका थिए ।

गत मार्चमा मात्रै पनि ती महिलामाथि आफ्नी छोरीसँग ट्रेनमा यात्रा गरिरहँदा एसिड खुवाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्