दक्षिण चीनको हुनान प्रान्तमा भारी वर्षापछि आएको बाढीमा परी ५६ जनाको मृत्यु भएको छ ।
बाढीमा अझै पनि २२ जना मानिस हराइरहेको र करिब १० लाख २० हजार मानिसलाई अन्यत्रै सार्नुपरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
हुनान प्रान्तमा रहेको विभिन्न ६० वटा नदीमा पानीको सतह खतराको स्तरमा रहेको र सहर पसेको बाढीले त्यहाँका करिब ३८ हजार घर भत्काउनुका साथै ८ लाख ८० हजार हेक्टरमा लगाइएको बालीमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।
चीन सरकारले बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको लागि १ सय ३ मिलियन अमेरिकी डलर बराबरको आपतकालिन सहयोग उपलब्ध गराएको जनाएको छ ।