साउदीमा आगालागीमा ११ को मृत्यु

साउदीमा आगालागीमा ११ को मृत्यु

साउदी अरबको दक्षिणी सहर नाजरानस्थित एउटा घरमा आगो लाग्दा १० भारतीय नागरिक र एक जना बङ्गलादेशी गरी ११ व्यक्तिहरूको मृत्यु भएको छ । भारतीय अधिकारीहरूका अनुसार घटनामा अन्य छ व्यक्ति घाइते भएका छन् ।

बीबीसीको समाचारमा जनाइएअनुसार सो घरमा धुँवा बाहिर निस्किने एउटा पनि झ्याल (भेन्टिलेटर) थिएन, जसले गर्दा सास रोकिएपछि निसास्सिएर ती व्यक्तिहरूको मृत्यु भएको थियो । साउदी प्रेस एजेन्सीका अनुसार नाजरान सहरका गभर्नरले यस घटनाको छानबिनको आदेश दिएका छन् र कामदारहरू बस्ने असुरक्षित थलोका बारेमा चिन्ता व्यक्त गरेका छन् ।

साउदी अरबमा जाने दक्षिण एसियाका श्रमिकहरू कस्तो स्थितिमा काम गर्न विवश छन् भन्ने कुरा बुझ्न यो घटना एउटा उदाहरण हुन सक्छ । साउदी अरबमा झन्डै ९० लाख विदेशी कामदार छन्, जसमध्ये अधिकांश दक्षिण एसियाका छन् । कमाई धेरै नभए पनि साउदी अरब नेपाली कामदारको तेस्रो ठूलो गन्तव्य हो । साउदीमा नेपालका कामदार मात्रै ६–७ लाखको हाराहारीमा रहेको बताइन्छ । विदेशी कामदारहरूले आफ्नो रोजगारदाताको अनुमतिबेगर देश छोड्न नपाउने व्यवस्था साउदी अरबमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्