भारतको आसाममा भीषण बाढी

भारतको आसाममा भीषण बाढी

भारतको आसाममा ब्रह्मपुत्रमा आएको बाढीले त्यहाँका २१ जिल्लाका नदी आसपासका इलाका डुबानमा परेका छन् र १० लाखभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् । आसामको राज्य आपदा प्रबन्धन प्राधिकरणले दिएको जानकारीअनुसार मोरीगाउँसहितका जिल्लामा बाढीले मर्नेहरूको संख्या ६० भन्दा बढी पुगिसकेको छ । गुवाहाटीमा मात्रै आठ जनाको मृत्यु भएको छ ।

आइतबार साँझदेखि ब्रह्मपुत्रको जलस्तर केही तल झरेकाले बाढीको अवस्थामा सामान्य सुधार आएको छ । बाढीले गर्दा राष्ट्रप्रसिद्ध कान्जीरंगा राष्ट्रिय आरक्षको ३८ प्रतिशत भाग जलमग्न बनेको छ, जसबाट केही वन्यजन्तु मरेका छन् ।

बाढीले गर्दा आसामका १५१२ गाउँहरू जलमग्न बनेको र ५० हजार हेक्टरमा लगाइएको बालीनाली नष्ट भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । समाचारअनुसार सरकारले बाढी पीडितका लागि तात्कालिक राहत सामग्री वितरण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्