गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु

गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु

नयाँदिल्ली। पश्चिमी भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको भीषण बाढीमा ती व्यक्तिहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । गुजरात राज्यमा तीन दिनदेखि जारी यस प्रकोपमा परी ती व्यक्तिको ज्यान गएको पनि अधिकारीहरुले थप जनकारी दिएका छन् । बाढी प्रभावित क्षेत्रमा प्रकोप व्यवस्थापन बलले उद्धार कार्य जारी राखेको जानकारी दिइएको छ । बाढी प्रभावित क्षेत्रका करिब दुई हजार व्यक्तिलाई उद्धार गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बाढी प्रकोपको मारमा पर्नसक्ने र उद्धार गरिएका व्यक्तिहरुलाई सुरक्षित स्थानमा लगिएको छ । पहाडी राज्य उत्तराखण्ड सन् २०१३ मा पनि बाढी पहिरोको चपेटामा परेको थियो । त्यतिबेला झण्डै छ सय जनाको मृत्यु भएको थियो भने पाँच हजार सात सय जना बेपत्ता भएका थिए । बेपत्ता भएका ठूलो संख्याका ती व्यक्ति पछि नभेटिएकाले उनीहरूको पनि मृत्यु भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्