भारतमा भारी वर्षा, जनजीवन प्रभावित

भारतमा भारी वर्षा, जनजीवन प्रभावित

नयाँ दिल्ली । भारी वर्षाका कारण भारतको विभिन्न ठाउँहरु जलमग्न भएको छ । बुधबार रातिदेखि राजधाानी नयाँ दिल्लीलगायतका ठाउँहरुमा भारी वर्षा भएको थियो, जसका कारण सडकको पानी निकास भइरहेको छैन । अत्यधिक वर्षाका कारण दिल्लीका कतिपय ठाउँहरुमा सडकमा भएको खाडलमा पानी भरिएकोले धेरै सवारीहरु दुर्घटनामा परेका थिए ।

पछिल्लो ३–४ दिनदेखि भारतको विभिन्न स्थानहरुमा लगातार वर्षा भइरहेको छ । भारतीय मौसम विभागले उत्तराखण्ड, गोवा, महाराष्ट्रका धेरै ठाउँहरुमा भारी वर्षा भएको जनाएको छ । मौसम विभागले कोंकण, गोवालाई रातो चिन्ह र महाराष्ट्रलाई पहेलो चिन्ह प्रदान गरेको थियो । रातोले अत्यधिक वर्षाको सङ्केत गर्छ भने पहेलोले अलि कम ।

यसका साथै अलिबाग, भिरा, धानु, गोवा पणजी, मुम्बईमा अझै वर्षा हुने मौसम विभागले जनाएको छ । महाराष्ट्रको पुणे, जेउर, कोल्हापुर, मालेगांव, नासिकलगायतमा पनि भारी वर्षा हुने मौसम विभागले जनाएको छ ।
दिल्लीमा भने बिहीबारदेखि जनजीवन सामान्य हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्