आन्दोलनकारीलाई सहयोग पुग्नेगरी समाचार प्रशारण गरेको भन्दै दार्जिलिङमा नेपाली च्यानल बन्द

आन्दोलनकारीलाई सहयोग पुग्नेगरी समाचार प्रशारण गरेको भन्दै दार्जिलिङमा नेपाली च्यानल बन्द

पश्चिम बंगाल सरकारले दार्जिलिङ, सिलगुढी, खर्साङ लगायतका क्षेत्रमा नेपाली च्यानल बन्द गराएको छ । गोर्खाल्याण्डको माग चर्किँदै गएका बेला बंगाल सरकारले आन्दोलनकारीलाई सहयोग पुग्नेगरी समाचार प्रशारण गरेको भन्दै बन्द गराएको हो ।

बंगाल सरकारले सुरक्षाकर्मी पठाएर नेपाली भाषामा प्रसारण हुने एक मात्र स्याटलाईट टेलिभिजन ‘अल भारत नेपाली च्यानल’ बन्द गराएको हो ।

आन्दोलनकारीलाई सहयोग गरेको आरोपमा टीभी बन्द गर्नुपरेको स्थानीय सरकारले जनाएको छ ।सिलिगुढीबाट प्रसारण हुने उक्त टेलिभिजनले गोर्खाल्याण्डको माग गर्दै आन्दोलनमा रहेकाहरुलाई सहयोग पुग्ने सामग्री प्रशारण गरेको भन्दै बन्द गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्