अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम विस्फोटमा परी २४ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम विस्फोटमा परी २४ जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम विस्फोटमा परी २४ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

सोमबार बिहान भएको उक्त बम विस्फोटमा परी घाइते हुनेहरूको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ ।

घटनाबारे अहिलेसम्म कसैले जिम्मेवारी नलिएको अफगानिस्तान प्रहरीले जनाएको छ । घटनाले कसले गरायो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

द्वन्द्वग्रस्त देश अफगानिस्तानमा पछिल्लो समय हिसांत्मक गतिविधिहरू बढ्दै गएको छ । गत महिना पनि अफगाननिस्तानमा कार बम विस्फोटनमा परि ७ जनाको मृत्यु भएको थियो भने ११९ जना घाइते भएका थिए ।

उक्त घटना विद्रोही समूह तालिवान गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्