माेरगंका बिद्यार्थीले बनाए हावाबाट चल्ने अटो रिक्सा

माेरगंका बिद्यार्थीले बनाए हावाबाट चल्ने अटो रिक्सा

सुमन सुस्केरा, मोरङ, १२ साउन
मनमोहन पोलिटेक्नीकका बिद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन् । मेकानिकल तर्फका बिद्यार्थीहरुले एक बर्षको अबधिमा बनाएका उपकरणहरु सार्बजनिक गर्दै एक्सीलेटर भएको साईकल र हावाबाट चल्ने नमुना उपकरण बनाएको जानकारी दिएका छन् ।

विद्यार्थीहरुले तिन बर्षको अबधिमा सिभिल ईन्जीनियरिङ, ईलेक्ट्रीकल, ईलेक्ट्रोनिक्स तथा मेकानिकलका आ–आफ्ना डिपार्ट अन्तरगत बनाएका कार्यक्रम पर्दशर्ननी गर्दै मेकानिकलका बिद्यार्थीले हावाबाट चल्ने क्षमता भएको अटो रिक्सा बनाएका हुन् । हावाबाट चल्ने अटो रिक्सामा बुढीगंगा गाउँ पालिकाका प्रमुख बालचन्द माझीलाई बिद्यार्थीले चढाएर घुमाएका थिए । अहिले सम्म अटो रिक्सामा पाईटलबाट ठेलेरा कुदाउने, ब्याट्रीबाट चल्ने तथा ईन्धनबाट चल्ने मात्र बजारमा आएकोमा बिद्यार्थीहरुले बनाएको अटो रिक्सा हावाबाट चल्ने खालको छ । बिद्यार्थीले यो अटोरिक्सा आफैले एक लाख खर्च गरेर बनाएका हुन ४ जना चढ्न मिल्ने रिक्सा बनाउन बिद्यार्थीलाई एक बर्ष लागेको पोलिटेक्नीकले जनाएको छ । त्यस्तै समान ओसार्ने सार्ने मेसिन, एक्सीलेटरबाट कुदाउन मिल्ने साईकलन समेत बनाएका छन् । ३ डाईरेक्सनबाट समान बोक्ने सवारी बनाएर नयाँ बिषयमा बिद्यार्थीहरुले मेकानिकमा उपललब्धी हाँसिल गरेको जनएका छन् ।

ईलेक्ट्रीकल अन्तरगत अन्तरगतका बिद्यार्थीहरुले बैकल्पीक उर्जा प्रबद्र्धनात्मक सबै उपकरण जडित भवन, फ्याक्ट्रीमा मेसिन चलि रहँदा तत्कालै (एकै सेकेण्डमा) मेसिन रोकिने उपकरण पनि बिद्यार्थीले बनाएका छन् । उद्योगका मेसिनमा कहाँ समस्या आयो भनेर थाहा पाउने मेसिन समेत बिद्यार्थीले बनाएको पोलिटेक्नीकका प्रिन्सीपल सुवास पोखरेलले जानकारी दिनुभयो ।

 

ईलेक्ट्रोनिक्स डिपार्ट अन्तरगतका बिद्यार्थीले जसुसी ड्रोन बिमान, सेक्युरिटी होम, रिमोट कन्ट्रेल बेश फायर मेसिन, कही आगलागी भयो भने आगो निभाउन उडेर जाने ड्रोन निर्माण गरेर प्रबिधिमा फड्को मारेका छन् । प्रदर्शनीमा बिद्यार्थीले अनलाईनबाट घर भित्र हुन सक्ने जोखिम घाउने उपाय सहितको ईलेक्ट्रीक उपकरण प्रदर्शन गरे । बिद्यार्थीले बनाएका उपकरणले घरमा हुने ग्यास लिक, आगलागी हुन सक्ने खतराको संकेत पहिले नै मोबाईलमा जानकारी दिने खालका उपकरण जडान गरेका छन् । यस्ता उपकरण संचालन गर्नको लागि भने मोबाईल ईन्टरनेट चलाउन मिल्ने खालको हुनुपर्ने बिद्यार्थीले जनाएका छन् ।

१९२ जना बिद्यार्थीले आफ्नो प्रोजेक्ट अन्तरगतका कार्यक्रम तयार पारेका थिए । बिद्यार्थीले आफ्नै आर्थिक लगानीबाट बनाएका उपकरणलाई हेर्दा बिद्यार्थी बैज्ञानिक धारमा अघि बढी रहेका छन् । नयाँ नयाँ प्रयोग गरेर उनीहरुले आफ्नो सिपलाई बाहिर ल्याएपनि राज्यले यस्ता बिद्यार्थीको लागि लगानी गर्न नसकेको कलेजका प्रिन्सीपल पोखरेलको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्