सप्तरीबाट ६७० किलो गाँजा बरामद

<span class='c1'>सप्तरीबाट ६७० किलो</span> <span class='c2'>गाँजा बरामद</span>

सप्तरी । सप्तरी प्रहरीले ६७० किलो लागुऔषध गाँजा लुकाएर राखेको अवस्थामा बरामद गरेको छ ।

लागुऔषध गाँजा लुकाइ छिपाई राखेको सूचनाको आधारमा प्रहरी चौकी मौवाहाबाट खटिएको टोलीले बरामद गरेको हो ।

बलान बिहुल गाउँपालिका वडा नम्बर १ बलान पट्टिस्थित पूर्वपश्चिम हुलाकी राजमार्ग देखी अन्दाजी १५० मिटर उत्तरतर्फ परालले छोपिएको आवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यलय सप्तरीका सूचना आधिकारी प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए । उनका अनुसार प्रहरी चौकि मौवाहाका प्रहरी सहायक निरीक्षक हेमन्त तामाङको नेतृत्वमा गएको टोलीले बरामद गरेको हो ।

खेतबाट ल्याएको परालको थुप्रोमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको भएपनि कोहि पनि पक्राउ नपरेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ।लागु औषध गाँजा बरामद गरि आवश्यक कानूनी प्रकृया अघि बढाइएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्