काठमाडौं । पाकिस्तानको संसदले आज नयाँ राष्ट्रप्रमुख चुन्दैछ । नवाज सरिफलाई त्यहाँको सर्वोच्च अदालतले बर्खास्त गरेपछि शुक्रवारदेखि रिक्त रहेको प्रधानमन्त्री पदको लागि आज चुनाव हुँदैछ ।
बर्खास्तीमा परेका सरिफका भाई साहिद खवान अब्बासी अबको कार्यकारी प्रधानमन्त्री बन्ने पक्का छ । राष्ट्रपति ममनुन हुसेनले बोलाएको विशेष सत्रबाट अब्बासी प्रधानमन्त्री बन्ने पक्का भएको रोयटर्सले जनाएको छ ।
पाकिस्तानको ३ सय ४२ सदस्य रहेको संसदमा सरिफको पाकिस्तान मुस्लिक लिग–नवाजले १८८ सिटको बहुमत ओगटेर बसेको जसले अब्बासीलाई प्रधानमन्त्री बन्न सघाउनेछ ।
आइतवार मात्रै पनि अब्बासीले आफ्ना दाजु सरिफको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।