अफगानिस्तानमा भएको सैनिक कारबाहीमा एकै दिनमा करिब ८४ आतंककारी मारिए

अफगानिस्तानमा भएको सैनिक कारबाहीमा एकै दिनमा करिब ८४ आतंककारी मारिए

काबुल । अफगानिस्तानमा भएको सैनिक कारबाहीमा एकै दिनमा करिब ८४ आतंककारी मारिनुको साथै अन्य ७४ जना घाइते भएका अफगान रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । अफगान सुरक्षाबलले २१ स्थानमा सो  कारबाही जारी राखेका थिए ।

त्यसगरी अफगानिस्तानको ३४ प्रान्तमा १५ वटामा तीन दिनसम्म सुरक्षाबल विशेष कारबाही जारी राखेका थिए । विशेष सुरक्षा बलले उक्त कारबाहीमा तीन स्थानीय कमाण्डर र १० हक्कानी आतंककारी समूहका सदस्य मारिएका बताइएको छ ।

तालिवान आतंककारी समूहले यस कारबाहीको बिषयमा कुनै टिप्पणी गरेका छैनन । बुधबार बिहान सबेरै दक्षिण प्रान्त कान्दाहारमा नेटो सैनिक समूहलक्षित भएको एक आत्मघाती आक्रमणमा हताहती भएको संयुक्त सेनाले पुष्टि गरेका छन् । रासस÷सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्