विहारको लखीसराय रेल्बे स्टेसनमा माओवादी आक्रमण

विहारको लखीसराय रेल्बे स्टेसनमा माओवादी आक्रमण

विहारको लखीसरायको जमुई रेल्बे स्टेसनमा आधा रातमा १५–२० जना नक्सलपन्थीले आक्रमण गरेका छन् । गोपालपुर गाउँको जमुई स्टेसनमा आधा रातमा जम्मा भएका माओवादीहरूले नाकाबन्दी गरेर हमला गर्न थालेपछि हावडा पटना मेनलाइनको नक्सलवादी प्रभावित क्षेत्र जसीडीह–झाझा–किउल रेल्बे रुटमा आउने–जाने दुबै रेलसेवा बन्द भएका थिए ।

समाचारअनुसार बुधबार राति ११ बजे आएका १५–२० जना नक्सलवादीले रेल्बे स्टेसनमा पहरा दिइरहेका गार्डलाई बन्धक बनाएर नहरतिर लिएर गएका थिए । गार्डलाई बन्धक बनाइएको सूचना प्राप्त हुनासाथ सबैतिर डरत्रास फैलियो र रेलसेवा बन्द हुन पुग्यो । घटनामा कोही हताहत भएको खबर प्राप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्