अमेरिकाको टेक्ससमा भीषण समुद्री आँधी

अमेरिकाको टेक्ससमा भीषण समुद्री आँधी

काठमाडौं । हार्बीनामक २५५ किलोमिटर प्रतिघण्टाको भीषण समुद्री चक्रवाती तूफानले अमेरिकाको टेक्सस प्रान्तका तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ । विगत तेह्र वर्षभित्र अमेरिकाका तटीय क्षेत्रमा आएका तूफानी आँधीमध्ये यो सबैभन्दा तीव्र मानिएको छ । तूफानले ढलाएका घरमा थुप्रै व्यक्तिहरू फसिरहेको, कतिपय इलाकामा बिजुली ठप्प भएको र मानिसहरू हताहत भएको समाचारमा उल्लेख छ ।

यो आँधीबाट झण्डै दश हजार जनसङ्ख्या रहेको रकपोर्ट सहर अत्यधिक प्रभावित भएको छ । यहाँ रुख ढल्नाले मानिस किचिएका छन् । ढलेका घरमा मानिसहरू पुरिएका छन् । अत्यधिक वर्षाले गर्दा प्रान्तीय नदीहरूमा बाढी आएको छ । यो चक्रवातबाट अमेरिकाका विभिन्न भागमा गरी झण्डै दश लाख व्यक्तिहरू प्रभावित भएको बताइएको छ । बीबीसीका अनुसार आँधीका कारण अझै पनि केही क्षेत्रमा तीव्र वर्षा भैरहेको छ ।

राष्ट्रपति ट्रम्पले आपत्कालीन राहत र उद्धार कार्यमा लाग्नेहरूलाई हौसला दिँदै ट्विट गरेका छन्, ‘‘तपाईंहरूले महान् काम गरिरहनु भएको छ । संसारले हेरिरहेको छ । तपाईंहरू सुरक्षित रहनोस् ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्